गजल : डर त हुन्छ नि जिन्दगीमा

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

कुनै न कुनै कुराको डर त हुन्छ नि जिन्दगीमा
सम्पन्न भए पनि अभर त हुन्छ नि जिन्दगीमा

आजनै वेवास्ता नगरे हुने थियो मलाई समाजमा
सधै जीवन र मृत्युको खबर त हुन्छ नि जिन्दगीमा

बाचुन्जेल मायामोह साटौ मिठो बोलौ हुन्न र ?
मर्दा पनि नामको अटल शिखर त हुन्छ नि जिन्दगीमा

फलाउने फुलाउने मास्ने वा फैलाउने तिम्रो जिम्मा
त्यसैले जो कोहीको नाम थर त हुन्छ नि जिन्दगीमा

२०७३।०७।२५ रोज ५
इलामेली टीकाराम दुलाल
नक्साल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

1 Response to गजल : डर त हुन्छ नि जिन्दगीमा

  1. इलामेली टीकाराम दुलाल says:

    माफी चाहान्छु टाईप मिस्टेक भएकोमा गजलको तेस्रो शेरको मिसरा-ए-उला मा बाचुन्जेल मायामोह साटौ मिठो बोलौ हुन्न र ? हुनु पर्नेमा साटौ भन्ने सब्दमा साखौ हुन गएकोमा माफी चाहान्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.