~रुमन न्यौपाने ‘अमन्त’~
आफु भन्दा अगाडीको त्यो मानिसलाई उसले खुब नियालेर हेरीरहेकी थिई । हातमा सानो लेदरको ब्याग, त्यस भित्र त्यही एप्पलको ल्यापटप र केही बिदेशी चुरोटको बटाहरु होलान् । त्यो मानिस बिर हष्पीटल अगाडी ओर्लीयो र महाबौद्धको गल्लीतिर हानीयो । उनलाई त्यसको पिछा गर्न मन थियो । तर त्यो छिप्पीन थालेको साँझ त्यही पुग्नु पर्ने बाध्यता पनी, त्यसैले उ सदा झै आफु भोटाहीटीको त्यही भिडभाड युक्त्त गल्लीमा ओर्लिई । उसलाई त्यहाँ बाट ३० मिनेटको लामो पदैल हिडाई गर्नु थियो । त्यही समयमा उसले ग्राहाक खोज्नु र त्यसलाई यथास्थानमा पुर्याएर आफुलाई भोगाउनु थियो ।
तिमी बेश्या हौ भनी कसैले सोध्न आउँदैन थिए तर उ त्यही होस् भन्ने चहाना गर्थी । उ आफुलाई बेश्या हुँ भन्न रुचाउँथी । तर उसलाई आज घरीघरी त्यही मानीसको संझना आइरहन्छ । त्यसले गए राती मलाई किन भोगेन? किन मेरो अंगमा त्यसको धनाड्य हातहरले छोएनन् ? उसले मोटो पैसा पाएकी थिई त्यो मानीसबाट तर पनी किन त्यो रात आशाचुरीलाई फिक्का झै लाग्यो । उसले सोच्दै थिई त्यो मानीस आज पनी आए हुन्थ्यो । रक्सीले मातिदै गए पछी, तिमी मेरी हुन्छौ ? तिमीलाई यो बेश्यालयको ढोका बाट म निकाल्छु भन्दा उनलाई बल्ल आफु पनी बिबाहिता छु भन्ने अनुभब भयो ।
उसको त्यो बैबाहीक सम्बन्ध यस पेशामा क्षिण थियो । किनकी उ प्रत्येक साँझ आफुलाई बेश्यालयको ढोकामा उभ्याउँदा स्बतन्त्र र महत्ता अनुभब गर्थी । उसलाई आज कसैले हेरेको अनुभब हुँदैन । उ आफैलाई नियालेर हेर्छे र सदा झै आफुमा त्यही आकर्षण रहेको पाँउछे । उ आफुलाई बिलकुलै अनुभबी बेश्या भन्न रुचाउँथी । छोटो समयमानै उसको ग्राहाक चाहाना बढेको देखेर होटल मालीकले उसलाई बिशेश सम्मानको भाबले पनी र्हेथ्यो । उसले घडीमा आँखा पुर्याउँदा ६ बजी सकेको हुन्छ तर आज कुनै ग्राहाक भेटेकी थिईन । उनलाई थप ३० मिनेटको समय थियो त्यही काम को लागी, ग्राहाक भेटाउनु र आफुलाई भोगाउन ।
आज उसलाई त्यही बाटो दोहोराएर र्फकिने मन भएन, उ अर्को चहलपहलले भरिएको बाटो तिर छिरी । उसले त्यही मानीसलाई संझी । गोरो, चौँडा छाती अनी हातमा ईस्टाईलले बोकेको त्यही लेदरको ब्याग । किन त्यसले मलाई चहाना गरेन ? किन त्यसले मलाई आ छातीमा टाँसेन ? उ झोक्कीई, यो त मेरो दक्षताको उपहास थियो । उसले बाटोको अर्को किनारा तिर उभिएका युवतीहरु तिर आँखा पुर्याई जसलाई बाटोको त्यही छोटो मिटरको दुरीले छुटाएको जस्तो अनुभब गरी । बेश्या र साधारण युवती बिचको त्यही छोटो अन्तरको दुरी । तर पनी उसलाई त्यसमा हिनता बोध थिएन । उ आफु साधारण बन्न चाँहीन । उसको चाहाना फरक थियो ति युवतीहरु भन्दा । एउटा सफल बेश्याको चाहाना, एउटा बिबाहीता बेश्याको चाहाना ।
यो सानो सहर भित्र छिरेको केही हत्ता पछी नै आशाचुरीले संसार ठुलो छ भन्ने मान्यतालाई नर्कान थालेकी थिई । उसलाई यो धुलोले भरीएको सानो सहरमा साधारण केटीको पदचाहरु पछ्याउन कठिन थियो । यो सहरको पहीलो बसाई हरुमा उसले ब्रत बसी, प्रत्येक बिहान मन्दिरको ढोकाहरुमा पुगी यद्यपी फरक यती थियो की मन्दिरको ढोकाहरुले सानो रुप बदले र बेश्यालयको जुठो पारिश्रमिकमा लहसिन पुगी । उसको बाध्यताले उसलाई यो सहरमा बेश्या बनायो तर कसैलाई थाहा थिएन आशाचुरी आज एउटा मात्र ग्राहाकको लागी चाहाना गर्दै छे जसले उसलाई नभोगोस् खाली छातीमा टाँसेर र्भचुअल सुखमा पुराओस् ।
त्यो त्यही एउटा मानिस थियो जसले उसलाई गएराती भोगेन । यौनको चाहाना गरेन । उसको यो सानो सहर बासाईको पहिलो यौन बिनाको रात थियो । बास्तबमा उसले अहीले यही सोच्दै थिई की उसले अब कुनै पिपलको बोट मुनी वा गल्ली भित्रको रेष्टुराँ वरीपरी छेल्लीएर बस्दा कुनै पनी युवकको आँटीलो प्रश्न झेल्न नपरोस् । उ आशा गर्दै थिई उसले बिताउने खाटहरुमा अब एउटा लामो दबीएको निकृष्ट र बेतुकको निस्वासले ग्राहाकको संतुष्टीलाई बुझाउन नपरोस् । आशाचुरी त्यही मानीसलाई भेटाउने चाहानामा थिई । उ सोच्दै हिडीरहेकी थिई, अब आफुलाई यो सहरदेखी लुकाउन चाहान्थी । आफुलाई दिग्गज लागेका वा भनीएका ग्राहाकहरुको नम्बर उसले फोनबाट फटाफट हटाईदिई । ति ग्राहाकहरुले उनलाई केबल मोटो रकम दिन्थे जसलाई उनले अतिरीक्त्त सेवा पुर्याउनु मा मात्र बुझेकी थिई । यसैको आधारमा होटल मालिक उसलाई त्यँही टिकाउन चाहान्थ्यो । तर आज यो बन्द हुँदैछ, आशाचुरीले यसलाई बदल्दै छे । यो पनी उसले बुझेकी थिई उनिहरुको मोटो रकम संगै टाँसिएर आउने छोटा छोटा बचनहरु संग आफुलाई सामज्यस्य मिलाउनु पर्ने छैन, उ ढुक्क थिई र प्रत्येक स्खलन पछी आफुलाई पश्चीमी बेश्याहरु संग तौलीएर तल पुग्नु पर्ने छैन ।
उ तत्काल म अनुभबी र उत्कृष्ट बेश्या भन्न चाहान्थी तर छेवैको घर्रामा हालीएको तुच्छ रकमले उसको जिब्रोलाई चुप लाग्न भन्दै हुन्थे । उ आफै गम्दै हिडिरहेकी थिई । झ्वाट्ट अघिल्तीर आएको त्यो मानीसलाई उसले नाई भन्न सकीन । आज उनलाई त्यो मानीसको आग्रह संग मोलतोल मिलाउनु पर्ने थिएन, उ सरासर उसको पछी लागी । उसको आफ्नो ठुलो बंगाला भित्र उसलाई छिराउँदै गर्दा उनले आफु बेश्या हुँ भन्ने र्बिसिसकेकी हुन्थी । त्यो उन्माद गुमाईसकेको एउटा मानिस थियो जो अहीले सम्पुर्ण शक्त्ती लगाएर एउटा बिबाहिता स्त्री माथी हल्लीदै थियो । आशाचुरी लाई गए राती जस्तो उसले नभोगी रहन सकेन । त्यो अती नै रहरलाग्दो पारिश्रमीक बिनाको संतुष्टी थियो ।
अबको प्रत्येक दिनहरु किन उ त्यही रातको चाहाना गर्थी । किन त्यही मानीसले भोगेको रातको चाहाना गर्थी । उनलाई साँच्चीकै यो पेशाको भाबाना देखी अलग्याई दिएको थियो । उ मानीस संग बोल्ने शब्द र पदावलीहरुको खोज गर्थी तर त्यो आज उनले गर्नु नर्पने थियो साधारण भाषा बाट नै त्यो संम्पुर्ण सकीएको थियो । त्यही अपरचित ले दिएको किल्ष्ट शब्द संग एकाएक हराएकी थिई ।
केही दिन पछी उसले यो सहर छोड्ने चाहाना गरी र होटल मालीक लाई यस्तो लेखी–
म जाँदैछु । फेरी र्फकीने चाहाना नहोला तर बास्तबमै म हल्का अनुभब गर्दै छु । त्यो रात (होटल मालीक लाई थाहा हुँदैन ।) ले मलाई यो बेश्यालय बाट निकालेको छ, बास्तबमै । –आशाचुरी
१ अघीको धेरै सुन्नाहरुबाट एउटा सुन्नाले आफुलाई घटाएको जस्तो आशाचुरीको बर्हीगमनले यो काठमांडौ अझै रत्तिएको थिएन यद्यपी म परै बाट यो नियालीरहेको भए पनी आज यो जितमा उनको लागी ताली बज्दैछ । उसले आफुलाई कुमारी भएको अनुभब गरी । आफुले अब फेरी ग्राहाकहरुको भिडमा उत्कृष्ट ग्राहाक नछान्नु पर्नेमा बिश्वस्त थिई ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)