गजल : ठूलो प्रभाव भो

~राधा भट्टराई~Radha Bhattarai

छिमेकीको हस्तक्षेपले घरमा ठूलो प्रभाव भो !
पठाई देउ उनलाई फेरि घरमा उनकै अभाव भो !!

नसारी अब तिथिमिति सहमतिमा सबै आई !
संविधान लेख भन्दा तिमीलाई दबाब भो !!

कुशासनले गर्दा देशमा फस्टाउँदै गो भ्रष्टाचार !
दिनानुदिन झनझनै प्रशासन खराब भो !!

वनका नेता गाउँ पसे गाउँबाट सहर आए !
सहरमा आएपछि अचम्मको स्वभाब भो !!

अशान्तिमै बित्यो हिजो आज पनि शान्ति छैन !
जुनै जोगी आए पनि देशको लागि सराप भो !!

(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, डिसेम्बर २०१३)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.