गजल : खुशी छु म धेरै!

~श्रृजना क्षेत्री~Shirjana Chhetri

तिमी सँग माया लाउदा खुशी छु म धेरै!
तिम्रो मन भरी छाउदा खुशी छु म धेरै!

हिजो सम्म सोच्थे को होला मेरो प्रियतम
आज तिमी लाई पाउदा खुशी छु म धेरै!

पोख्न लाई सारा मनको दु:ख अनी दर्द
तिमीलाई भेट्न धाउदा खुशी छु म धेरै!

बिर्सिएर सारा दुनिया लाई सिर्फ तिम्रो
माया मा मात्र ह’राउदा खुशी छु म धेरै!

सुर माथी सुर मिलाई तिमी सँग मैले
पिरती को गित गाउदा खुशी छु म धेरै!

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.