कविता : म एउटा श्रद्धाञ्जली

~जोतारे धाइबा~Jotare Dhaiba

ठेट्ना मनहरूले चपाएका
मिहीन सपनाहरूबाहेक
केही रहने छुइनँ म

माझी घामले बिछ्याएको जालमा
पर्छ एका बिहानै,
फेरि वैशाखी भाँच्चिएको एउटा दिन
घोप्टिएपछि अँध्यारो नालीभित्र
गुटमुटिन्छु सम्साँझै

कसैको निम्तोमा
छिर्छ र्ुुोकाबाट
र पुग्छु ‘धोका’सम्म
कहालिन्छु छेपाराको पुच्छरमा
पलपल तर्ुलुङ्ग झुन्डिएर

सन्दुकभरि
छाडेर जानेछ कसैले
आप\mनै जीवन-इतिहासको झुत्रे तन्नैतन्ना,
छाडेर जानेछ-
पलङमा सँगै लडीबुडी खेल्ने
पिउसो ‘टोमी डग’

पूववत्
सबैसबै यी रहनेछन्,
मै पो केही रहिनँ
सिवाय- एउटा श्रद्धाञ्जली
तिमीले सायद भोलिकै अखबारमा
ढकमक्क फूलका ल्याप्चे दायाँ-बायाँ डामेर
अर्पण गर्न पर्खिरहेको…
केही रहने छुइनँ म ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.