कविता : म जन्मेको ठाँउ

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

कमै हुन्छ वर्णन जति गरे पनी सुन्दर रेसुड्गाको
काखैमा खेलेर रमेकोछ जाँहा तम्घास बजार त्यो

स्वर्ग भन्दा पनि सुन्दर लाग्छ यो म जन्मेको ठाँउ
एउटा सानो सुन्दर शान्त बस्ती तम्घास यसको नाँउ

ऑनरका दानजस्तै हिमचुली सँगै तराईको सम्मोफाट
एकैनजरमा प्राकृतिक सौंदर्य देखिन्छरेसुड्गा टावरबाट

स्वर्णिम गौ धाराहरूले सजिएको मनोरम त्यों पोखरी
आनंदको अनुभूति हुन्छ पुग्दा तेहा स्वर्ग नै पुगे सरी

पाखै भरी लाली गुँराँस फुल्दछ बशन्तऋतु मा याँहा
दर्शनगर्न जगतै आँउछ यज्ञशाला तपोभूमी छ याँहा

पवनको मधुर सुशेली संगै झरनाले झंकार भर्दछन
आध्यात्मिक योगीहरू याँहा अखण्ड हवन गर्दछन्

फेरिने ऋतु संगै खाष्टो फेर्ने राम्रो छ रेसुड्गाको बानी
रहर पुरा गर्दछ हेमन्तमा जनको हिंउमा खेल्न जाने

आउ सबै मिली संरक्षण गरौ धार्मिक धरोहर यो
प्रचार गरौं पर्यटक बढ़ाऊँ बढ्ने छ शान गुल्मीको

कमै हुन्छ वर्णन जति गरे पनी सुन्दर रेसुड्गाको
काखैमा खेलेर रमेकोछ जाँहा तम्घास बजार त्यो

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.