कविता : माया

~रामचन्द्र कार्की~Ram  Chadra Karki

डाँडाकाडा हरिया छन्, निलो आकाश कञ्चन,
जिन्दगीमा माया लगाई हाँसी जिउनु भन्छन् ।
खेतका गह्रा धान सरी, झुलाउनलाई माया,
जिन्दगीलाई हिमालसरी,े चुलाउनलाई माया ।

शिशिरको कुहिरोले, बरिखामा डाँडा ढाक्छ,
पे्रम पनि एउटा फल हो, मलजल पाए पाक्छ ।
फूलबारीको फूल सरी, फूलाउनलाई माया,
बिष पनि अमृत बन्छ, घुलाउनलाई माया ।

माया भित्रै चिसो तातो, घाम जुन पनि,
माया मानै यो संसार, अडेको त छनि ।
बाल बच्चा रोईदिन्छन, भुलाउनलाई माया,
प्रकृतिको छटासगैं, डुलाउनलाई माया ।

मनभरि माया लिई चुच्चो लिई आहरामा,
आकाशआकाश उड्छ, चरी माया लिई सहारामा ।
बन्द हड्ताल चक्काजाम, खुलाउनलाई माया,
तिम्रो मेरो बराबर भो, सुलाउनलाई माया ।

रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.