कविता : दीपावली

~होमनाथ सुवेदी~Homnath Subedi2

दीपावली जलाएको आंैसीको रात देखियो
सदा हार कहीँ हुन्न खुसीको हार लाइयो ।

भेटे जस्तो हुँदैहुन्न भगिनी भाइको कुरो
दीपावली समाएर पार लागिन्छ सेतु यो ।

दीपावली सदा आयो देखिएन पवित्रता
गणतन्त्र उदाएर देखियो यो विचित्रता ।

राजालाई लखेटेर कुकुरै नि पुजाउन
साना साना सबै लागे दीपावली जलाउन ।

वलिष्टको कुरो होइन घनिष्टको महत्व छ
पुँजीको धाकले होइन मान्छेमा त्यो महत्व छ ।

ठूला साना नदेखेर सबैको अर्चना गरौं
जता जान्छौं उतै हाम्रो पहिचान दिइरहौं ।

नेपाली जातिको चाड दीपावली अमूल्य छ
दाजुभाइ दिदीबहिनी बाँध्नलाई अचुक छ ।

दीपावली बलाएर यमलोक सुधारियो
विजय-गान गाएर भैलोलाई उतारियो ।

दिदीबैनी सबैलाई विजय-गीत गाउन
भाइटीका लगाएर गरौं है अभिनन्दन ।

मुमाको हातको सेल खानलाई तयार हो !
दीपावली मनाएको नेपाली पहिचान हो ।

लक्ष्मीपूजा थियो चाड देवकोटा नजन्मिँदै
जन्मले देवकोटाको थप्यो आड नभत्किँदै ।

जयन्ती देवकोटाको सय वर्षमनाइयो
डायास्पोरा पहिचान नेपालीको गराइयो ।

देशमा होस् वा विदेशैमा नवज्योति जलाइयो
विजयोल्लासका साथ वृद्धि होस् भन्न पाइयो ।

नयाँ नेपालमा आयो दीपावली नवीनको
अन्तर्रर्ाा्रभरि छायो फूलमाला अभिन्नको ।

डायास्पोराभरि ऐले दीपावली छ सम्झना
संसारभरका लागि नेपाली शुभकामना ।

मङ्गल-कामना गर्छुख-शान्ति-समृद्धिका
डायास्पोरा बनोस् काव्य दीपावली समस्तको ।

-बुडब्रिज, भर्जिनिया

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.