~जितु थापा~
तिम्ले देको रुमाल आज आँसु पुस्न काम लाग्यो
जीवनदेखि आत्तिसके मृत्युसामु जाम लाग्यो ।
दोधारमा तिमी बस्यौं केवल मलाई तडपाइराख्यौं
मेरै भनी रटिराथे अर्को को पो नाम लाग्यो ।
जीवनदेखि आत्तिसके मृत्युसामु जाम लाग्यो ।
तिम्ले आज छोडिछांै नि सारा नाता तोडी छौ नि
मेरो जीवन अँध्यारो भो त्रि्रो जीवन घाम लाग्यो
जीवनदेखि आत्तिसके मृत्युसामु जाम लाग्यो ।
नयाँ साथी रोजी छौ नि मनै खानी खोजी छौ नि
मेरो स्नेह जलाय छौ नि अर्को को पो लाम लाग्यो
जीवनदेखि आत्तिसके मृत्युसामु जाम लाग्यो ।
घाती भनी पर्चा छापी टोलटोलमा छरी छौ नि
आज मेरो जिन्दगी मै बद्नामको डाम लाग्यो
जीवनदेखि आत्तिसके मृत्युसामु जाम लाग्यो
तिम्ले देको रुमाल आज आँसु पुस्न काम लाग्यो
नारायणी ९ बाधखोर न.प.
हाल काठमाण्डौं बनस्थली
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)