~खगेन्द्र पराजुली ‘शून्य’~
शून्य आकाशमा ताराहरु अनवरत चम्किरहेका छन् । मध्येरातमा धर्ती चकमन्न निदाएको छ, कीराहरुको किरीरी पनि कम हु”दै गएको अनुभूति हुन्छ । तर उफ् ! उसलाई पटक्कै निन्द्रा लाग्दैन । भाडाको सानो कोठा, शीशाको झ्यालबाट माथि आकाशका ताराहरुतिर एकोहोरो टोलाइरहेको छ ऊ । यी ताराहरु तिनै हुन्, ती तीनआ”ख्ले र त्यो ठूलो जून तिनै हुन्, जसलाई उसले आजभन्दा पा”च महिनाअघि यसैगरी नियालेको थियो । तर आज र त्यसबेलाको हेराइ विल्कुल फरक छ, हो ऊ र ती ताराहरु जत्तिकै फरक । त्यसबेला उसको शीर उसकी प्यारी जीवनसंगीनीको मायालु काखमा थियो तर आज वियोगान्त उपन्यासका खातहरुमा । उसका आ”खाको त्यो खुशीयाली र मनको प्रफुल्लता केवल क्षणिक रहेछ, पानीको फोका जस्तै । उसका सारा खुशीहरु तुसारोले खाइसकेको छ, हो विश्वासघातको रुखोचिसो तुसारोले ।
विगतका यादहरु पौडिने सङ्लो-धमिलो महासागरमा डुब्दै-उत्रिंदै ऊ रात विताउ”छ । भान्छाकोठामा गएर स्टोभ बाल्छ र पानी उमाल्छ, थोरै नुन हाल्छ अनि फेरि झयालनिर उभिएर टाढा-टाढा दृष्टि हुत्याउ”छ । यतिञ्जेल र्सर्ूयको कलिलो र्स्पर्शले पर्ूर्वी क्षितिज रङ्गइिसकेको हुन्छ । पर घुम्तीनिर एकजोडी हा”स्दै-मस्किंदै यतै आइरहेका देखिन्छन् । टाढाबाट हर्ेदा कतै चिने-चिनेजस्तो लाग्छ उसलाई । ऊ हेरिरहेछ, गिलासको तातो पानीको वाफले झयालको शीशामा बादल लागेर दृष्य धमिलिन्छ । हत्केलाले शीशा पुछेर हर्ेछ- सीमा, जो केही महिनाअघि उसैकी अर्धाङ्गनि थिई, एक अपरिचित, सम्पन्नजस्तो देखिने पुरुषस”ग हातेमालो गरेर मस्कामस्की गर्दै त्यही गल्ली भएर कतै गइरहेकी हुन्छे । ऊ बेहद खुशी देखिन्थी, सायद नया” जीवनसाथी पाएर होला । उसलाई अतीतले गिज्याएझैं लाग्छ, आफ्नो साहित्यप्रतिको मोहकै कारण आज ऊ एक्लो छ, साहित्य मन नपराउने सीमाले ऊस”गको जीवनसीमा नाघेर गई ।
आत्मग्लानी, वियोगको आलो घाउमा चूक बनेर घोप्टिन्छ । जसरी सीमा उसको जीवनबाट पार भई त्यसैगरी चहर्याइको पनि सीमा पार हुन्छ । तातो आ”शु पोखिएर गिलासको सेलाइसकेको पानीमा तप्प-तप्प तप्किरहन्छ, ऊ टोलाइरहन्छ …. टोलाइरहन्छ…
।। समाप्त ।।