~नवराज योन्जन~
मेरो एउटै गुनासो
एकनासमा टक टक रोकिदै
एकपेज दिन एकपेज रातको साथमा हिडीरहेको
त्यो घाम र त्यो जुन ताराहरूले गर्दछन् प्रश्नहरु…
वैशालु हावाको बेगमा उडेर बतासिय पछी
कलिला आसाका मुनाहरु लतारिदै जादा
परिस्थितिलाई समयसंग जोड्दै मलाइ
किन दूषित बनाउछन् यी मान्छे भनाउदाहरु ?
आफै गास्छन्,आफै मास्छन्,आफै खोज छन्
फनफनी म घुमे जस्तै….
तेरो र मेरो छुट्याउदै हाम्रोलाई मास्दै
म भन्ने भाव जन्माए पछी
हामी भन्ने भाव मारेर
यहाँ कसले बुझ्छ ?
स्वतन्त्र सुन्दर प्रेमको परिभाषाहरु
सम्बन्धहरुको मूल्य मान्यता सिद्धान्तहरु
भावनात्मक मित्रताको मर्महरु
जसमा,
कसैको हासो पछाडिको चोट बुझ्न सक्दैन
रिस पछाडिको माया बुझ्न सक्दैन्
मौनता पछाडिको कारण बुझ्न सक्दैन्
एककोहोरो फनफनी घुमी बुझि रहेको छु
कसैको त्यहि पल हुनसक्छन्
बुझेको अभिनयमा नथाक्ने बाचाको साथ्
एकर्काको हातको निम्ति मन्दिर धाउनेहरू
आज ,एकाएक समय र परिस्थितिको संकेतमा
आजित हुँदै स्वतन्त्रको नाममा
कानुनको ढोका ढक ढकाउदै गुमाई रहेछन्
यसमा मेरो के गल्ति छ…..?
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )