~सन्त थुलुङ्~
अहिले मसँग
छैन कुनै नयाँ कविताको प्लट
छैन नयाँ कविताको लागि
कुनै सुन्दर विम्व
न त छ कुनै राष्ट्रियता झल्काउने प्रतिक
छ त केवल शुन्य मष्तिष्क
छ त केवल रिक्तो मन
भयो नजिस्काउन नवयौवना वैंशहरू
भो नचलाउन कामुक औंलाहरू
र, नदेखाउन, वैशालु देह
यी सबै सबैले
हुने छैनन् मलाई
अहिले मन
जमेको छ ठिही बनेर
संवेदनाहिन कुनै ढुंगाजस्तो
जटि हिर्काउ तिमी
निर्मताका कोर्राहरूले
जटि टुक्राउ
अचानोमा राखेर
कुनै काँतर भुत्ते खुकुरीले
अहँ, यो दुख्ने छैन
यो चलमलाउने छैन
कुनै चित्कार निकाल्ने छैन
हेर्दाहेर्दा कुरूप दृष्यहरू
पत्थर बनिसके यी आँखाहरू
हिड्दाहिड्दा खिइएर
धूलो बनेको छु म
संवेदाहिन मान्छेहरूको भीडमा
मैले पनि गुमाए आफ्नो समवेदना
कुनै आफन्तजनको मृत्युले
रुवाउने छैन मेरो मन
कुनै विभत्स दृष्यले
तर्सर्ााे छैन मेरो आँखाहरलाई
कुनै उत्कृष्ट कविताले
हल्लाउने छैन मेरो हृदय
ओ † पत्थर मान्छेहरू
सक्छौं भने तोड मेरो मौनता
सक्छौं भने ब्यूझाउ मेरो सम्वेदना
सक्छौं भने दृष्टि भरिदेउ मेरो आँखामा
सक्छौं भने गति देउ मेरो पाइतालालाई
होइन भने
भत्काउन तयार छु
तिमीहरूको संवेदना
टुक्राउन सक्छु कुनै पनि समय
तिमीहरूको संवेदनाशिल मन
किनकी अहिले म
पत्थर बाँचिरहेछु-सम्वेदनाविहिन
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)