मेरो जिन्दगीमा खुशी छर्छु भन्यो उस्ले !
रातो गुलाब् दिँदै माया गर्छु भन्यो उस्ले !
नयाँ नाता जोड्दै हात थामी सधैलाइ
खाली यो सिउँदो आजै भर्छु भन्यो उस्ले !
रित्त्याएर आँशु हाँसो रोपी हृदयमा
दुखी मन्को पिडा सबै हर्छु भन्यो उस्ले !
रहे सम्म श्वास विश्वासिलो साथी बनी
सँघर्षको सिन्धु सँगै तर्छु भन्यो उस्ले !
काल लिन आए मलाइ नै बचाउन
मर्नै परे देखि आफै मर्छु भन्यो उस्ले !
कुश्मा , पर्वत
हाल इजरयल