~अनन्तभद्र लामिछाने~
ऊ पर,
क्षितिज पारिबाट,
निरन्तर,
अनवरत आइरहेको
यो कोलाहलका बीच म
तिमीलाई यो प्रेमपत्र लेख्दै छु ।
मनभित्र गुम्सिएका असङख्य पीडाहरु
आँसुले नबगाएका लाखौँ उत्पीडनहरु
खाटा नबसिसकेका आलै यातनाहरु
यी सबै थाती राखेर
आज म अहिले तिमीप्रतिको
मेरो प्रेम–आशक्ति फेरि बिउँताउने कोसिस गर्दै छु ।
म सम्झन्छु,
ती गुलाफका कोमल पत्रहरु
ती प्रेममा लीन मलेवाका प्रतिकृतिहरु
ती स्वप्न नगरीका आकर्Èक रङगिन तस्वीरहरु,
तिमीले दिएका हरेक उपहार मेरा लागि अमल्य थिए
यसर्थ सबै आजसम्म मसँग सुरक्षित नै थिए
तर मलाई माफ गर
मैले त्यो स्वप्न नगरीको बगैँचाबाट
गुलाफ टपक्क टिपेर मलेवाका जोडी उडेर अन्तै जाँदा रोक्न सकिनँ ।
मलाई यादै छ,
हाम्रा ती सुमधुर र आत्मीय पलहरु
ती सँगै बुनिएका भविष्यका योजनाहरु
ती सँगै सजाइएका मीठा मोहक सपनाहरु मलाई विश्वास गर,
यी सबै मेरा लागि पनि उत्तिकै नै प्रिय थिए
यसर्थ मेरो मन मस्तिष्कमा उनिएका भविष्य थिए तर मलाई माफ गर
यो समुन्द्ररुपी जीवनको पानीजहाजरुपी यात्राले
मलाई अर्कै टापुमा पु¥याउँदा मैले भविष्य साटिएको पत्तै पाउन सकिनँ ।
म कल्पन्छु,
तिम्रो त्यो उदीप्त मुहार हेर्न
मोहक मुस्कानको साक्षी बन्न मादक अनि हेराइ अनुभति गर्न
तिम्रो न्यानो अँगालोमा बेरिएर संसार बिर्सन
तिम्रो मायामा पुल्पुलिन, स्नेहमा मात्तिन र प्रेममा घुर्किन
आज साच्चै नै भन्छु तिमीसँगका ती हरेक पलहरु मेरा लागि स्वर्णिम थिए
यसर्थ
आजसम्म पनि सो सनिध्यताको न्यानोपन महसुस हुन्छ
तर मलाई माफ गर
म क्षणिक डँडेलोको रापको लोभमा
मैले तिम्रो स्नेहको न्यानोपनको उचित मल्याङ ू कन गर्न सकिनँ ।
म कल्पना गर्न सक्छु,
तिम्रो छटपटाहट,
उद्विग्नता र अधैर्य
मेरो संवादहीनताले उब्जाएको आक्रोश
अनि देखे सुनेका खबरहरुले जन्माएका नीरसता,
म मान्छु, तिम्रा सबै संवेदनाहरु जायज छन
यसर्थ,
म तिमीले उचित सम्झिएका सबै सजाय भोग्न राजी छु,
तर म माथि भरोशा गर म वर्Èौ विदेसिएर
अनि देशप्रेमको महङ्खव बुझेर सेवा गर्न फर्किएको सच्चा देशभक्त हुँ ।
सिनामङगल, काठमाडौँ
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका अङ्क ३९ गद्यकविता ३)