मनको दियो
निभ्न नदेउ बाळ
नारी जीवन
तिमीले चिन्यौ ?
शायद चिनिनौ कि ?
मेरो बिस्वास !
कबिको कबिता
नारीको सौन्दर्यता
म कता कता ??
बिस्वास भन्दा
नैतिकता कठोर !
पुरुष मन !?
चेतना नाडी
पबित्र भावनाको
पुजारी हु म
समाल मन
अमृत ऋतु बर्षामा
पोखिएका नि ?
माया पोखिदा
आफ्नोसंसार भुल्दा
आशुं नपुछ !
भवसागर
पबित्र मन राख
संसार सम्झ .
कुरा बुझिन ,
को आफ्नो को पराइ ?
धर्मको अखेटो
मोहन आचार्य जलद/ इन्द्रेणी शर्मा
लिस्बोन पोर्तुगल
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )