~भिम बहादुर थापा~
म छँदै व्यर्थैमा रुन्छौ रे किन हो
अनुहार आँसुले धुन्छौ रे किन हो
**
रहर् सोध्दा बोलेनौ, ईरादा खोलेनौ
नौरङ्गी सपना बुन्छौ रे किन हो
**
मन-मुटु भिजाएँ, मन् खा’को मै भएँ
अचेल त अरु कै सुन्छौ रे किन हो
**
दु:खेको साँट्थें मै, खुशीको बाँड्थें मै
दु:ख-मनाऊ अन्तै पो फुन्छौ रे किन हो
**
तिम्लाई सब् जुटाएँ, ज्यान् जोखिम् उठाएँ
अर्कैलाई आफन्त चुन्छौ रे किन हो
**
जोवन के बुझाएँ, मन हाँक्न सुझाएँ
एक्कासी भाव-विह्वल हुन्छौ रे किन हो?
** **
भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)