~सागर कार्की~
सोच्दछु म
केही पृथक अनि बिल्कुल युवा सोच ।
सोच सुन्दर हुन्छ,
सोच बलवान हुन्छ,
अनि,
बार्दलीबाट आकाशमा उदाउदै गरेको सुन देखेर
बाहादुर बन्छु म ।
बहादुर सपना देख्छ,
आहै कति सुन्दर सपना,
एक मुठीमा अटाउने सपनाले
दुई मृत पहाड जोड्ने पुल बनाईरहेको छ ।
कस्तो अचम्म,
कस्तो अदभुद,
कस्तो कलाकारीता ।
अहो पुलले स्वास भर्दैछ पहाडमा,
पहाड जिवीत हुन्छ,
तर अचानक सुन फल्ने पहाडलाई बेचीदिन्छ कसैले ।
सपना पहाड जस्तै मृत हुन्छ,
मृत सोच हेरेर टोलाईरहन्छ बहादुर ।
फेरी सोच्दछु म,
जहाँ फुल्न नपाउदै सपना
अपाहिच बन्छन् सोचहरु,
त्यहाँ के अर्थ बहादुर हुनुको ?
भो नदेख सपना
यहाँ लाटाले बनाईरहेछन् पुलहरु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)