~आभा शर्मा~
उताको यता,
यताको उता
तलको माथि,
माथिको तल
जुन जता नाचे पनि ठीक
जुन जता राखे पनि ठीक
मान्छेको चरित्र सके दाब्ने,
दबाउने र नसके लाचारीमा ङिच्च दाँत देखाउने,
मान्छेले जस्तो
जाल, झेल, झट, फरेब
यस धरतीको कुनै जीवले गर्छ ?
मान्छेमा जस्तो
क्रुरता, घमण्ड र हीनता
यस धरतीको कुनै जीवमा छ ?
नबुझ्दा पनि गाह्रो
बुझ्दा पनि गाह्रो
मान्छेको चरित्र विविध रङमा
घोलिएको रछानमै फालँ जस्तो द्वैध र दुष्कर,….!
– चाबेल, काठमाडौँ ।
(स्रोत : वजयन्ती साहित्यिक पत्रिका अङ्क ३९ गद्यकविता ३)