कविता : अग्लो र होचो

~बिनोद प्रधान~

अग्लोले होचो नहुनु भन्छ
होचोले अग्लो नहुनु भन्छ

कुर्कुचादेखी टाउकोसम्म्को उचाइमा छौ
यहाँभन्दा माथि अझ कत्ती अग्लन्छौ ?

राती जती नै अग्लो सिरानिमा सुते पनि
तिम्रो पुड्को सपनाहरु कहिले बड्दैन ।
सपनाले हाईहील जुत्ता लगाउदैन ।

जुन दिन आकास मा ताराहरुको हाहाकार लग्छ
त्यस दिन धर्तिले पनि आफ्नो उचाइबारे
घमण्ड गर्छ ।

होचो दैलो भएको घर मा
अग्लो हुनु पनि जोखिम्पूर्ण छ ।
टुटुल्काको हिसाब किताब लगाइबस्नु पर्छ
टाउके महाजन्-ले ।

अग्लो पलङ्-मा सुत्नलाई
पुड्को हुनु पनि खतर्नाक छ ।

अग्लो र होचोकै कुरा
गर्छौ भने, भन्-
हावाको अग्लाई कत्ती छ ?
-जिवन को होचाइ कत्ती छ ?
आमाको आशिर्वाद्को अग्लाई कत्ती छ ?
एउटा वृद्धको रहर को होचाइ कत्ती छ ?

गुलाब को बोट अग्लो कि
गुलाब को सुगन्ध ?
लाटोको जिब्रो होचो कि
लाटोको भाषा ?

होचोले अग्लोको खुट्टा तन्छ
अग्लोले होचो को टाउको टेक्छ ।

होचो र अग्लोमा
यत्ती नै फरक छ
की होचोले धर्तिको माया मार्दैछ

आग्लोले आकाश्को बिरुद्धमा षद्यन्त्र रच्दै
छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.