रमाइरहु,गुन्युचोली,दौरासुरुवाल भेषसङ्गै
थुप्रै धर्म,संस्कृति,समाज र हाम्रो देशसङ्गै
मान्छेको,जीवनको,भोगाइहरुमा आइरहने
पहाड,तराइ,बस्ती र जीवनको परिवेशसङ्गै ।
छिनमा बोलाउ लाग्ने नाम जस्तै तिमी
तिम्रै नामको ति सेतो खाम जस्तै तिमी
मनले होस् बेहोसमा साँच्चै भत्रे हो भने
लाग्छ कैले झलमल्ल घाम जस्तै तिमी ।
बरालिने बादलहरुसङ्गै सधै उढिरहन पाए
प्रेमिल संसारमा तिमीसङ्गै गूढिरहन पाए
तिम्रै अभावमा पुरिन्छु कैलेकाही उक्किन्छु
पाइलापिच्छे दुखिरहने घाउ चुढिरहन पाए ।
यादहरुले कुतकुती लाउछन आँखाभरि
नमीठो ति अनुभूति छाउछन आँखाभरि
छिन्नभिन्न मनले सम्झिन्न भन्दाभन्दै
धेरै जुनेली रातहरू आउछन आँखाभरि ।
वाल्यकालको स्मृतिहरुले बेरेरै बित्छ रात
घरि लम्पसार घरि कोल्टे फेरेरै बित्छ रात
पिडा र दुखाइसङ्गै सूर्यास्त हुने बित्तिकै
छरिएको जुनको उजेलो हेरेरै बित्छ रात ।
अप्ठ्यारा परिस्थितिहरु सहेको याद छ मलाई
ति पहाडहरु देखेर प्रसन्न भएको याद छ मलाई
सम्झन्छु कहिलै नओइलाउने फूलजस्तै थियौ
सङ्गै बौद्ध स्वयम्भूतिर गएको याद छ मलाई ।
ब्रसेल्स ,बेल्जियम ।