~डम्बर पौडेल~
धेरै बिन्ति गरे नि , तिमी
नबोल्ने
भित्र भित्रै गाठो पारी ,
केहि नखोल्ने |
चौतारीमा भेट हुदा , सुक्क
सुक्क रुने
आशु पुछ्दै धारामा गई ,
रुमाल मात्रै धुने |
मन भित्र खेलाउछौ कि , नाना
थरी कुरा
बाचा कसम खाएकै छु , बनाउछु
म पुरा |
कोशी नदी बगिरहने , आफ्नै
गति लिई
सजाउनेछु तिमीलाई , असिम
माया दिई |
हासि खुशी रमाउदै , मेला
पात जाउला
खनि खोस्री आफ्नै माटो
,उब्जाएर खाउला |
डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार