कविता : यहाँ

~वियोगी काइँला~biyogi-kaila

म जस्त माया बाँड्नेहरु
यस सहरमा कयौँ देखेको छु
बाँड्दै जाँदा जाँदा
जति नै बाँडे पनि माया नटुङ्गिदो रैछ ।

मजस्तै बाटो हिड्नेहरु
यस भेगमा कयौँ भेटेको छु
हिँड्दै जाँदा जाँदा
जति नै हिँडे पनि बाटो नटुङ्गिदो रैछ ।

तर कहिलेकाहीँ अनिकालमा
माया मागेर पनि नपाइँदो रहेछ
अनि कहिलेकाहीँ भीडभाडमा
बाटो मागेर पनि नपाइँदो रैछ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.