~दिनेश राज पुरी~
१)
के नै थियो र?
सपना बाहेक त
लग्यो बाढीले
२)
आमाको चोली
मुठ्याउँदै रुन्छे त्यो
जीवित कान्छी
३)
के गर्लान् अब
बाच्नुको अर्थमा ती
टुहुराहरु!
४)
टाउकेहरु
दार्चुला बगाउँछ
भट्टीमा मस्त….
५)
आँखाले हेरे
बहुलाए आँखानै
बगेको घर!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )