कविता : होसियार बुद्धिको मान्छेसँग !

~उदय निरौला~

रूखका पातलाई
सडक पेटीलाई
गुमनाम मान्छेलाई
स्पर्श गरिरहेछ
लगातार गुमनाम प्राणलाई
थाहा भएन हावाको प्रकृतिको अमोल स्नेह
थाहा भयो फगत हिंसा
क्रोध, घृणा र दुर्गन्ध ।

ियहाँ यस्तै हुन्छ
आकाशमा बादल लाग्छ
वषर्ात् हुन्छ, गाली गर्छ मान्छे
आकाशमा घाम उदाउँछ,
गर्मी बढ्छ
गाली दिन्छ मान्छे
पृथ्वी त्राण दिन्छ तर दुत्कार्छ त्यो प्रेम
यहाँको मान्छे ।

िनिःशुल्क हावा फेर्छ मान्छे
तर, हावा कैद गर्छ-
राजनीतिक मान्छे
र पैसा तिराउन खोज्छ अबोध मान्छेलाई
निःशुल्क झरना
खोलाको पानी पिउँछ मान्छे
तर, बाँध बाँध्छ
राजनीतिक मान्छे
र, शुल्क असुल गर्छ
हुँदा-हँुदा निःशुल्क टेक्न पाइने पृथ्वीलाई
कैद गर्छ राजनीतिक मान्छे
र, कर असुल्छ राजनीतिक मान्छे ।

िअबोध चरी हावामा स्वतन्त्र छे
आकाशमा स्वतन्त्र छे
उसको स्वतन्त्रताको आनन्द
चोर्न खोज्छ मान्छे
खासगरी राजनीतिक मान्छे
खासगरी विचारको मान्छे
सबैभन्दा खतरा कोही छ भने
त्यो विचारको धुसा
बाक्लै ओडेको मान्छे-मान्छेलाई खतरा छ ।
वातावरणलाई
जीवनलाई
र, फूललाई खतरा छ !
होसियार विचारको मान्छेसित
होसियार बुद्धिको मान्छेसित !

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ३३८)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.