कविता : बिचारका मुना

~महादेव अधिकारी~Mahadev Adhikari

हिड्दछौ जति तिमिले मेरो जीवनमा जलाई
बिचारका मेरा कलिला मूना आउछन् पलाई

चाहान्छौ तिमी मलाइ दिन औँसी अन्धकार
जलेर आफै पार्दिन्छु मत झलल संसार

हुँदैन हेर तिम्राझै मेरा बिचरा सागुरा
प्रेमको खेत बन्दैन हेर भरिका टाँकुरा

गोली र बिमा सक्दैन मार्न मलाई रणमा
हजारौं बीर जन्मेला मेरो रगत कणमा

आमात दीयो जलाई दिन्छु म तेल थपेर
सक्दिन बाँच्न ईमान बेची अन्याय खपेर

के गर्न सक्छ भनेर भ्रम मनमा नपाल
माटोको निम्ति म दन्कि दिन्छु बनेर मसाल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.