कविता : ऐना

~देवान किराती~

भित्तामा झुण्डीएको ऐना हेरें
पटक्कै चित्त बुझेन
झिकेरै– हेरें
अहँ फ्याट्टै मन बुझेन ।

उधोलाई उभो बनाएँ
दायालाई बायाँ बनाएँ
रत्तीभर मिलेन अनुहारको चौखुँडा
रिस उठ्यो,
ऐना नै भुईमा झारिदिएँ
चिराचिरा चर्कियो
फेरि चित्त बुझेन
टिपें– हेरें
आहाऽऽऽ !
बल्ल मिल्यो
ठ्याक्कै संग निल्यो
कटीकुटी नेपालीको जस्तै ।

खुशी लाग्यो
–भाग्यमानी रहेछु
खुसीले चर्किएको ऐना साबिकमै झुण्ड्याइदिएँ
र निस्किएँ –सडकतिर ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.