कविता : ताहूँ र यात्री

~राजेशकुमार अर्याल~

यात्री न हुँ
तिमीलाई स्पर्श गर्न
यसपाली ताहूँ आएको छु ।
जिन्दगीको बटुवा न हुँ
थकाईको सुस्केरा हाल्न
यसपाली कराउने पहाड आएको छु ।

खल्डुक र सल्लाका हाँगा भाँचेर उकालो चढेँ
बैशाखी टेके र गन्तव्यमा अगाडि बढें
भग्नावशेष दरबार र जीर्ण गढी देखें
अलिकता मन भाँचे अलिकता विश्वास भाँचे

पसिना र रगत मिसिएको किल्लाहरु हेरें
नेपाल एकीकरणको सुत्राधार संझे
नेपाल र नेपालीको अस्तित्व खोजें
त्यसैले एकीकृत नेपाल खोजें

आखिर
मनै त रहेछ
फेरि यतै अलमलिने सपना साँचे
तिमी बस वा फर्क
नाचनडाँडाको एक फन्को नै सही
इतिहासलाई सम्मान गर ।
प्रकृतिको बैंशमा लहराएका हुल नै सही
घण्टको आवाज स्वीकार गर
तिमी मान\नमान जे गर
तर ताहूँ !
एकपकट नै सही
चिरहरण रोक्न तयार गर ।
खण्डित मन रोक्न तयार गर ॥

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.