~दिनेश श्रेष्ठ~
आसु चै नझार्नू डोली चढे पछि
जीतमा नहार्नू डोली चढे पछि
तड्पिदैछु पल्पल् तिम्रै वियोगमा
सम्झना नमार्नू डोली चढे पछि
त्याग त्यो लुकाएँ तिम्रै खुशीसँगै
प्यार यो नटार्नू डोली चढेपछि
जो हजार जन्मै बस्नेछ पर्खिदै
दोषमा नपार्नू डोली चढे पछि
आसुँ छल्किदैथ्यो मर्दै थियो विगत्
यो कथा नतार्नू डोली चढेपछि
मन्थलि-४,रामेछाप
हाल – गठ्ठाघर,भक्तपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)