निबन्ध : पैसा

~अर्चना न्यौपाने~

कसले जन्मायो होला पैसा ? कसले न्वारान गरे होला यसको ? शिक्षा दिने गुरु को होलान् ? कहिलेकाहिँ त पैसा जन्माउने आमालाई समेत झर्पान मन लाग्छ, न्वारान गर्ने पुरोहितदेखि रिस उठ्छ, शिक्षा दिने गुरुदेखि दुःख लाग्छ ।

ए पैसाका गुरु हो तिमी कस्ता गुरु हौ ? तिमीले आफ्नो चेलालाई सामान्य सदाचारसम्म सिकाएनौ ? यतिसम्म कि आफ्ना कारणले कसैलाई चोट नपुगोस्, आफूले गर्दा कसैले दुःख नपाउन्, आफ्ना कारणले कुनै असहज परिस्थितिमा कोही नरुमल्लिउन् भनेरसम्म सिकाएन छौ । त्यसैले भन्न कर लाग्दैछ – तिमी त गुरुका नाममा गोरु रहेछौ । कस्तो शिक्षा चेलालाई दिने हो तिमीलाई नै थाहा रहेनछ । धिक्कार छ तिमीलाई ! केटाकेटीका लागी पहिलो पाठशाला घर दोस्रो स्कुल, गुरुले जे सिकाए त्यही सिक्ने त हुन चेलाले । पैसाको गुरु तिमी कति अज्ञानि गुरु रहेछौ, तिम्रो चेलालाई सबैले थुकिरहेकाछन् त्यो भनेको तिम्रो शिक्षालाई थुकिएको हो । तिमी कस्ता गुरु ? दोणचार्य ले त आˆनो चेलालाई सहि पथमा नै डोर्‍याएका थिय । तिमीलाई कस्ले सिकायो स्वार्थी शिक्षाको उत्पादन गर्न ? तिमी त बखासुर रहेछौ जस्ले चेलालाई सधै अपराधिक बाटो लैजाल्थ्यो । हिडेम्ब हौ तिमी, बेबकुव राक्षस । आफू नि घर नबनाउने अरुको घर नि भत्काउने बाँदर जस्तै स्वभाव रहेछ तिम्रो । ज्ञान नै नभई गुरु बन्न खोज्ने, असल गुरुको बदनाम गर्ने ।

ए पैसाकी आमा तिमीले कलविख जस्तो तितो, कोइला जस्तो कालो सन्तान जन्माइछौ । साँच्चै बेवकुब सन्तान जन्माइछौ तिमीले । साँच्चै भनेको ए पैसाकी आमा तिमीले कस्तो दुष्ट दिने र रुष्ट हुने सन्तान जन्मायौ ? तिमै्र सन्तानका कारण मानिस व्यभिचारी, दुराचारी, अत्याचारी, आडम्बरी भएका छन् । कयौँ चेलिबेटीहरु पेट्रोल खन्याएर मारिएका छन् । कयौँ केटाकेटीहरु टुक्रा टुक्रा पारेर काटिएर ˆयालिएका छन् । आˆनै दाजुभाइ दिदीबहिनीको नाता समुद्रका किनारा झैँ अलग भएका छन्, कहिल्यै मेल नहुने गरी । मात्र तिम्रै सन्तानका निम्ति नङ र मासुको जस्तो मानवताको नाता आकाश र पातलको जस्तै दुर भएको छ । मायाको परिभाषा विपरीत भएको छ ।

उफ् ! तिमी कस्ती आमा हौ ? आफ्ना सन्तानको कारणले अरुको आँखाबाट बगेको अँासुमा डुबेर पौडी खेल्ने ? कति निर्दयी तिमी आफ्नै सन्तानको कुर्कमका अट्टहास गर्ने ? आमाले त आफ्ना सन्तानलाई असल बाटोमा डोर्‍याउनु पर्ने होइन ? सन्तानलाई सही पथ देखाउने सामाथ्र्य नै तिमीमा थिएन भने आमा बन्ने दुःचेष्टा तिमीले किन गर्‍यौ ? साँच्चै घिनलाग्दो र फोहोरी सन्तान जन्माइछौ तिमीले – डुङडुङती गनाउने ।

सबैतिर फाटो सिर्जना गर्ने सन्तान जन्मने बित्तिकै एसिड छर्केर किन मारिनौ तिमीले ? विश्वमा तीन भागको दुई भाग जलस्रोतले भरिएको छ त्यहाँ लगेर किन जलसमाधि लगाइदिइनौ ? यति धेरै मरुभूमिहरु छन् लगेर किन फ्याकिनौ ? एक असल आमाले त सबैको हितका लाग आफ्नो सन्तान त्याग्न पर्ने होइन ? आफ्नै सन्तानका कारण मानव तड्पिइड्पिई रोहिरहेको हेर्ने तिमी कस्ती आमा ?

तिमी त आमाको नाममा कलङ्क हौ, सबैको घृणाकी पात्र हौ । छि छि र दुरदुरमा रमाउने राक्षस हौ तिमी । तिमी त पूतना हौ, जसले अरुको भलो कहिल्यै चाहिन । तिमी कैकैयी जस्तै आमा रहिछौ, आफ्नो मात्र भलो चाहाने सबैलाई पीडा दिने कुख्यात आमा हौ तिमी । झुसिलकिराझैँ बिझाउने, लाभ्रेझैं टाँसिने कति अपराधी सन्तान । तिम्रै सन्तानका लागि बाबुले छोरी र दाजुले बहिनी बेच्दैछन् । अपराध नै अपराध अभाबै अभाब भित्रिएको छ आज ।

ए पैसाकी आमा तिमी आमा भएर पनि किन पृथ्वी नै ध्वस्त पार्न उद्यत छौ ? आमा जस्तो पवित्र र सम्मानित सम्बोधनको परिचय किन अर्कै बनाउन खोज्दै छ्यौ ? तिम्रो सन्तान हामीलाई सीनोझँै गनाएको छ, झिंगाहरु भुन्भुनाएका छन् । तिमी विश्वप्रेमी भएको भए आˆनो सन्तानलाई उही बेलमा नै मार्ने थियौं । तिमी त विनासकारी आमा रहिछौ, किनकी तिम्रै सन्तानका लागि काटाकाट र मारामार चलिरहेछ, घमासान युद्ध चर्किएको छ । मानवमा वैमनस्य र फाटोको वीजारोपण भएको छ । रगतको पोखरी कति कति तिमी त्यसैको होली खेल्दै छौ होला हैन तिमी ?

हे कृष्ण तिमी त सबैको मुखमा झुन्डिएका छौ । तिम्रै कारणले गर्दा महाभारतको युद्धमा सत्यकै जित भयो । तिमीलै गर्दा दोणाचार्य मरे, शिखन्डिलाई रथमा उभिन लगाएर भीष्म पितामह ढले, बहादुर दुर्योधन र कर्ण तिमै्र कारणले मरे ।

हे राम तिमीले बहादुर रावणलाई मार्‍यौ । यदि तिमीहरु आ-आˆना युगमा देखिएको जस्तै सत्य छौ भने, दीनदुःखीको दया गर्छौ भने मेरो साष्टाङ्ग दण्डवत गरी बिन्ती छ, कृपया पैसालाई मारिदेऊ । तिमीले तथास्तु भन्दा कसैको माग पूरा हुन्थ्यो । मेरो आराधना छ हामी सबैको मागलाई ‘तथास्तु’ भनिदेऊ, जुन कुरा बहुमतले मात्र नभएर सर्वसम्मतिले पारित छ । हाम्रो यति मागलाई ‘तथास्तु’ भनिदियौ भने तिर्खाएका आँतहरु रसाउने थिए, भोकाएका पेटहरु भरिने थिए, मायाको वास्तविक परिभाषा जन्मने थियो, आफन्तमा मेलमिलाप हुने थियो, धनी र गरिबको विभाजनको अन्त्य हुने थियो । साथै, समानताको जन्म हुने थियो, मानवले आफ्नो वास्तविक परिचय थाहा पाउने थियो । त्यसैले पैसालाई मारिदेऊ ।

अनि थाहा छ तिमीलाई ? तिमीले पैसालाई मारिदियौ भने हामी सबै मिली पैसाको मलामी जान्छौ । बाँस, बन्चरो, कात्रोलगायतका आवश्यक सबै चिज लान्छौ । यति मात्रै कहाँ हो र पैसाको अन्तिम श्रद्धान्जलिका निम्ति सयपत्री, मखमली, गोदावरी सबै प्रजातिका फूलको समेत व्यवस्था गछौर्ँ । सबै मान्छेको मागलाई नि पूरा गरेनौ भने तिमीलाई नि धिक्कार छ ! अनि भन्नछौं – तिमी पनि निजी स्वार्थका भोका रहेछौ, बाहिर हेर्दा चामलको पिठो भित्र चैँ हाँडीको मसो जस्तै । तिमीले अश्वत्थामालाई जुन श्राप दिएका थियौ, त्यही श्राप हामी तिमीलाई दिन बाध्य हुनेछौँ । तिमी पनि हाम्रा घृणको पात्र हुनेछौ, हामी घृणा गर्छौ तिमीलाई । पैसालाई जस्तै, पैसाकी आमालाई जस्तै, पैसाको गुरुलाई जस्तै, पैसाको पुरेहितलाई जस्तै तिमीलाई नि घृणा गर्छौँ । हो हामी घृणा गर्छौँ । तिमी नामका भगवान कामका बकासुर, हिडम्बा भन्दा नि घटिया हुनेछौ, तिमी कंशभन्दा फरक आचरणको हुने छैनौ । तिमी बिनाशकारी पात्रको नामले चिनिने छौ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.