~बासुदेव बुढाथोकी ‘सागर’~
सात समुद्र वारिपारि हुनुपर्यो आज सानु ,
आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु !
वर्षौँ बिते एकै झल्को देख्न पनि रहर भयो ,
म बाँचेको सुन्दर बस्ती काकाकुलको सहर भयो ।
फूल सम्झी काँडालाई छुनुपर्यो आज सानु ,
सात समुद्र वारिपारि हुनुपर्यो आज सानु !
आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु !!
रित्तिएँ म सधैँलाई खाम्ने कुरा पाइएन ,
आँखाबाट चुहिन्छ मन थाम्ने कुरा पाइएन ।
तिम्रो तस्बिर आँसु पोखी धुनुपर्यो आज सानु ,
सात समुद्र वारिपारि हुनुपर्यो आज सानु !
आफ्नै तक्दिर खोटो ठानी रुनुपर्यो आज सानु !!
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)