कविता : भ्रम

~अभि वशिष्ठ~abhi-basistha

म उस्लाई हेर्छु, अनि बोलाउँछु,
उ लतारिँदै आउँछ मेरो समिपमा,
म अगाडि फर्किन्छु,
फेरि चाल्न थाल्छु पाइलाहरु,
उ पछाडी छोडिन्छ,
अनि हराउन थाल्छ, आफ्नै संसारमा ।।

म सक्दिन, रहन मौन,
फेरि कराएर बोलाउँछु,
फर्किन्छ म तिर,
उ सामान्य हुन खोज्छ,
फेरि यस्तै देखाउँछ,
मानौ, उ म सँगै छ ।

मलाई भ्रम छैन,
उ जून हो,
म नियाल्न सक्छु, धर्तीबाट,
मेरा हातहरु त्यति लामो पनि त छैनन्,
कि म जूनलाई कैद गरुँ हत्केलोमा

-अभि वशिष्ठ (18,Sep 2016)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.