कविता : उत्तरआधुनिक मान्छे !

~शिव प्रकाश~SHiva Prakash

मान्छेजस्तो देखिने
विनम्रताविहीन मान्छे
भकभकाउँछ एक्लै, बक्बकाउँछ,
सग्लै छन् खुट्टा
टेकिँदैन सीधा
बङ्ग्याएर हिँड्छ
दुरुस्त मान्छेकै जीउडाल
कक्रक्क कक्र्याएको छ
मैमत्ता, घमण्ड, अहङ्कार
मान्छेको नयाँ संस्करण
उत्तरआधुनिक मान्छे
एउटा नौलो परिचय बाँडेर हिँडेको छ ।

मान्छेजस्तो देखिने
मान्छेको बहुरूपी स्वरूप
अशिष्ट व्यवहार
अश्लील बोली
नवीन सभ्यताको नपुङ्षक प्रयोग
असभ्यताको अनुपम उपमा
आधुनिकताको विडम्बना
कुरूप सभ्यताको यो नौलो हाँक
मान्छेका रूपमा
डरलाग्दा विम्बहरू सल्बलाउन थालेका छन्
गाउँका पाखापखेरा, गोरेटा, कटेराहरूमा
सहरका गल्ली गल्छंेडाहरूमा
सहज प्रस्तुति बनेको छ जताततै
उत्छृङ्खल यौन अभिव्यक्ति
सीमाहीन नग्नताभित्र
मौलाएको छ सम्पर्ूण्ा अङ्ग पर््रदर्शन
नशापानको निमग्नताभित्र
जाकिएका छन् भड्खालोमा
विष्मयविहीन बर्बादीका रमाइला खेलहरू खेलिरहेछन्
उत्तरआधुनिकताको परिचय बन्दै
उत्तरआधुनिक मान्छेहरू !
आमाबाबुबाट समेत श्रापित ती सन्तान
सायद उज्यालोबाट अँध्यारोतिर हामफालिँदैछन्
र, बन्दैछन् चुनौती
सरदर समय र मान्छेका लागि ।
नवीन सभ्यताको भाड्ग्रा ओढेका
उत्तरआधुनिक मान्छेहरू !!

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.