गजल : बाचा गरी रुवाएर गयौ

~बालकृष्ण भट्टराई~Bal Krishna Bhattarai

सँगै जिउने बाचा गरी रुवाएर गयौ।
तिमी हाँस्यौ मेरो आँशु चुहाएर गयौ।।

तिम्रो माया स्वार्थी रै’छ विश्वाश गरे मैले,
सोझो देख्यौ उल्टै कसम खुवाएर गयौ।।

सगै जीबन बिताउने आशा देखाएर,
मेरो रहर मनै भित्र तुहाएर गयौ।।

योबनको आँधी बनि मेरो सामु अाई,
बियोगले च्वास्स मुटु छुवाएर गयौ।।

मौन बस्ने तिम्रो फोटो फिर्ता लैजाउ अब,
सम्झाउँने अतित आँखा धुवाएर गयौ।

बाल कृष्ण भट्टराई,
पिडीखोला,स्याङ्जा,
हाल-मरूभुमीबाट

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.