कथा : उपहार मौनताको

~तिलक खत्री~tilak-khattri

दिनभरिको थकान अनि, गाउघरको ‘याद’ संगालेर बेलुका कोठामा आएर फेसबुक अन गर्छु। अन गर्दा साथ इनबक्समा ३ वटा राता बत्ती देख्छु। हतार नगरि ओप्पन गर्दै गर्दा एउटा सधै सम्झिरहने उनै ‘प्रियसी’को हुन्छ अर्कों संगै पढ्दाको कलेज साथीको अनि अर्कों अपरिचित मान्छे कहिलै नदेखेको अनुहार कहिलै नसुनेको नामबाट सायद, उस्ले मलाइ चिन्छ चिन्दैन थाहा भएन तर उस्लाइ एउटा कुरा थाहा रैछ मलाइ सधै सम्झने मेरी “प्रेमिका” हो भन्ने। हत्त पत्त त्यही अपरिचित को म्यासेज अन गर्छु । म्यासेज यस्तो देख्छु .. “फ़लानी मेरो २ बर्ष पहिलेको ‘लवर’ हो अब देखि उस्को पछि नलाउनु ल”.. म त्यो म्यासेज पढेर कति बेला सके आफैले पत्तो पाइन अनि टु रिप्लाइ गर्न कोर्छु ,,

“जम्मा दुइबर्ष ? मेरो २ जुनी पहिले देखि माया बसेको छ।”

तर लेखेको म्यासेज किन किन मेट्न मन लाग्यो अनि मेटेर हस्! मात्रको जबाफले टारी दिए । त्यती नै बेला मनको एउटा फोल्डर अन गरेर उस्को तस्बीर र म्यासेजलाइ “हाइलाइट” बनाएर ‘उधारो जबाफ’ नाम दिएर सेभ गरे!! अनि उही प्रियसीलाइ अफलाइन म्यासेज छोडे म्यासेज पढ्दा साथ स्क्यापमा कल गर्नु म अन नै छु। ,,

जब, उस्लाइ स्क्यापमा अनलाइन देखायो मैले त्यति नै बेला कल गरे अनि सुरुमै के हो? यो “नौटंकी”? भनेर उस्लाइ अगिको म्यासेज कपि पेस्ट गरिदिए अनि उ नम्र स्वरमा मलाइ पहिलेदेखि मन पराउने केटा हो माइन नगर्नु ल कता बाट थाहा पाएर म्यासेज गरेको होला भनेर भन्न नपाउदै मैले प्रश्न माथी प्रश्न थप्दै गए उ निडर र विस्वासका साथ परिक्षाको अगिल्लो दिन पढन्ते बिधार्थीले जबाफ दिए झै दिइरहि । अनि, उस्ले गर्ने मायामा अझ बिस्वासको अर्कों इटा थपिए झै भयो अनि मैले फेरी जिस्काउदै भने यदि हामी एक हुन सकेनौ भने तिमी के गर्छौ ? उस्ले भनि खै के गर्छु थाहा छैन। तर हजुर बाहेक अरु संग बरु मर्छु बिहे चाही गर्दिन यो चाही म बिस्वासका साथ भन्न सक्छु भनि यो शब्दले कता कता मुटुमा एउटा छुट्टै तरंग ल्यायो।

अनि, यहि यादलाइ यहि शब्दलाइ मुटुको एउटा कुनामा कहिलै डिलिट नहुने गरि एउटा नया फोल्डरमा “सेभ” गरेर बन्द गर्न मन लाग्यो। यसरी नै दिन हरु बित्दै थिए। प्राय फेसबुक, भाइवर, स्क्यापमा सधै जसो कुरा भइरहन्थ्यो। हामी दुबैको मनमा एउटै कुरा चल्थ्यो एक अर्कों बिना बाच्न त के कल्पना गरे पनि पाप लाग्छ झै हुन्थ्यो । उस्ले मलाइ गर्ने पबित्र र चोखो मायाका प्रमाणहरु फुकाइ नसक्नुका थिए, म पनि उस्ले दिने माया र बिस्वासको बदला त्यसरी नै चुक्ता गर्थे ।

हामी सुरुवात गर्दा का शब्द र मायाका शब्द हरुको पनि संकेतिक भाषा प्रयोग गर्न थालिसकेका थियौ ।माया यसरी बढ्दै थियो कि अब ठुला-ठुला ‘सुनामी’ र ‘हावा’ हुरीले पनि सजिलै अलग गराउन सक्दैन झै! यसरी नै चलिरहेको मायामा एक हप्ताको लामो ग्याप पछि मैले म्यासेज पठाए aeeee , माया, सिन (seen) देखायो तर रिप्लाइ आएन अनि, कतै बिजी होला भन्ने सोचेर फुर्सद हुदा कल गर्न भनेर अफलाइन भए। तर लामो समय सम्म पनि फोन आएन अनि भाइवर अन गरेर कल गरे बिजी रैछ। घरतिर वा कुनै साथी संग व्यस्त होला भन्ने सोचेर ‘फ्रि’ हुदा साथ कल ब्याक गर्नु ल भनेर म्यासेज गरे। अनि फेसबुकमा म्यासेजको रिप्लाइ छ होला भन्ने सोचेर खोलेको अगिनै “seen” देखायो। रिप्लाइ गरेनछ, उस्कै वाल हेरे आफ्नो प्रोफाइल पिच्चर चेन्ज गरेको रैछ । अरुले कमेन्ट गरेका फोटोमा थ्यांक्यू भन्न मै व्यस्त रैछ मलाइ रिप्लाइ नगरेको देखेर झनक्क रिस उठेर ऐ नौटंकी! के हो पारा ? न रिप्लाइ छ, न कल ब्याक गर्छ के भो ? यही म्यासेज गरेर भाइवरमा कल गरे कल गयो रिसिभ भएन कयौ पल्ट ट्राई गरे उठेन। रिस र शंकाको बिउ……उस्को मौनता देखेर माथी माथी चढ्दै थियो।अनि, एक्कासी रिस उठेर मैले सम्झने गाली जति सबै लेखेर फेसबुकमा म्यासेज गरे अनि भोली सम्म कल गर्नु जसरी पनि नभए तिम्रो लागी कोरिएको यही म्यासेज नै अन्तिम म्यासेज बन्ने छ!! लव यू ‘मिस यू’ भनेर सेन्ड गरे। …

दिन बित्यो, हप्ता बित्यो कही कतै न फोन नै आयो न इनबक्समा म्यासेज नै,, यही अवधिमा उस्ले एउटा गित सेयर गरेको रैछ “सुन्छु तिमीले मलाइ भुल्नै आटेको छौ रे” अनि मैले पनि कही कतै म्यासेज नगरी “बन्न सकिन तिम्रो अन्तिम माया”भन्ने सिर्षक राखेर गित पोस्ट गरे अनि फेसबुकको सेटिंगमा भएको डिएक्टिभेट ‘बटन’क्लिक गरे। किनकी उस्को मौनता नै मेरो लागी धोका र बिछोडको ‘माहाकव्य’ भन्दा कम थिएन । अनि त्यही दिन नै मोबाइल नम्बर चेन्ज गरे उस्को स्क्याप अकाउन्ड पनि डिलिट गरे अब, उस्को र मेरो सम्पर्कको लागी हुलाक सेवा मात्र बाकी थियो तर, त्यो पनि अधुरो थियो किनकी उस्लाइ मेरो ठेगना नै थाहा थिएन ।

अब उ संग बोलचालको दुरी बाट टाढा भएनि “याद” को दुरी बाट टाढा हुनु थियो। तर याद कसै गरि पनि मेट्न सकिएन सोचे उस्को यादलाइ “धुवा”को साहरा बनाएर धुवा संगै उडाइदिउ कि त बोतलको पानी संगै नसा नसामा छिराएर टुंगाउ ,,,
तर,,, मनले यी दुवै कुरालाइ फेरी स्वीकार्न सकेन । फेसबुक ‘डिएक्टिभेट’ गरेपछि एक दिन बिताउन पनि हजारौ बर्ष झै हुन थाल्यो। मोबाइल चलाउदा उस्कै सम्झना बोकेको सन्देशले मलाइ कुरे होला झै लाग्थ्यो। तर, मैले पूर्ण रुपमा उस्लाइ टाढा भैसकेको अनुमान गरिसकेको थिए। किनकी उस्को मौनता नै सम्बन्ध भत्किएको बलियो प्रमाण थियो । समय आफ्नै गलिमा हिड्दै थियो मैले एक महिना अगि वनाएको टुइटरलाइ निरनतरता दिएर “टुइटर”लाइ नसा र साथी दुवै बनाउने आत्मिय निर्णय साथ हरपल टुइटरमै सानो घर नै बनाए झै !त्यही रमाउन थाले। उस्ले दिएका चोट पिडा सबै पोख्ने ठाउ बनाए । लाग्थ्यो, कुनै अर्को दुनियामा नचिनेका अपरिचित अनुहार संग रंगमन्चमा अभिनय गरिरहेका छौ जहा म पनि एउटा कलाकार हो । झै, दिन सजिलै र रमाउदै एक अर्कोलाइ उडाउदै बित्दै थिए ।

टुइटरमा करिब ६ महिनाको लामो यात्रा पछि एकदिन शुक्रबारको दिन सन्तोस सम्धिको चिया खाने कुरा गर्दै अगमन भयो। मौन, म पनि हल्ला गर्न आए। पाण्डु-राजा घरभाडा नपाएको गुनासो गर्दै निस्के,आभा झुम्रे भन्दै , बिरालु ढिंग चिका गर्दै, नारायण, गुरु दर्शन गरे भन्दै, नबिन दिदीलाइ सम्झना भन्दै रबिनवावु क्या दामी टुइट भन्दै मेन्सिदै, खुसी फलानो भन्दै लव रिना पानको पात भन्दै प्रदिप दहाल प्यारी भन्दै, उल्टे ज्यापु भन्दै, सरोबर निसा अन्टी भन्दै, अनमिका काका भन्दै, स्वेच्छा, शुन्ना, मिलेका व्याकरणमा पुर्णता पाएका टुइट गर्दै यस्तै यस्तै गर्दै सबै जना आ-आफ्नै तरिकामा रमाउदै गरेको बेला मेरो नोटिफिकेसनमा पनि निलो बत्ती बल्छ। अनि त्यही क्लिक गरेको बधाइ छ “छड्के” साप्तहिकमा टुइट पढ्न पाए खुसी लाग्यो भन्दै मेन्सन गरेको। अनि उस्को हेन्डल क्लिक गर्छु ८ जना फोलोइन २ जना फलोर मलाइ सुरुमै फलो गरेको रैछ ।

म ,
उस्को मेन्सनलाइ फेब गरेर हामी सबैलाइ बधाइ:) लेखेर मेन्सनको रिप्लाइ दिन्छु। , उस्ले फेरी मेन्सन गर्छ aeeeeeeeee <3…..उस्को ‘मेन्सन’ पढ्दा साथ धड्कन लडाइबाट भागेर आएको सिपाइको भन्दा छिटो गतिमा उफ्रन्छ। अनि फेरी आफ्नो डिपी लाइ सराप्छु । आफ्नै डिपी राखेकोमा पश्चताप गर्छु अनि साप्ताहिकलाई मन मनै सराप्छु टुइट किन छाप्दियो भनेर !! म केही नबोलि “म लुके” भनेर टुइट गर्छु। अनि टुइटर लग आउट गरेर … त्यही मेन्सन गर्नेलाइ सम्झन्छु कहिलै साप्ताहिक नपढ्ने लाइ आजै किन पढ्नु परेको फेरी उस्को यादको पुनः जन्म भए झै गरि एकाएक सम्झनाका पाना पल्टिन्छन सायद उस्ले पनि मलाइ भुल्न नसकेको रैछ मलाइ खोज्दै खोज्दै यहाँ सम्म आयो। भन्दै मनमा अनेकौ कुरा खेल्छ एक छिन पछि फेरि टुइटर अन गर्छु उस्कै प्रोफ़ाइल अन गर्छु उस्को पहिलो टुइट हेर्छु “शब्दमा खोल्न नसकिने यो माया .. केवल तिमीलाइ साचेको यो माया,”,, जुन गित मैले पहिले उस्ले मलाइ कति माया गर्छौ भन्दा यही गित गायर सुनाइ दिन्थे। , फेरी टुइट पढ्दा पढ्दै बितेका पलले मुटुमै सुनामी चले झै हुन्छ। अनि उस्को वायो हेर्छु “मिस यु माया” मात्र देख्छु। अनि, फेरी मायाको बहार आउने कल्पना गर्दै ! मनमा फेरी पुराना दिनको आगमन हुने बिस्वासको आशले पुरै मन फुरुंग हुन्छ। अनि, हतपत ६ महिना अगि देखि डिएक्टिप गरेको ‘फेसबुक’ अन गर्छु सरासर क्लोज फ्रेन्डमा क्लिक गर्छु।

५ जना क्लोज फ्रेन्ड मध्ये उ पनि एक थियो। वाल सार्दै जादा “मिसिङ सम वन’ लेखेको ‘स्टाटस’ देख्छु । मन खुसी भए झै लाग्छ वाल अझै तल सार्छु “इंगेजमेन्ट” शिर्षकमा १० वटा फोटा देख्छु। फोटो पुरा हेर्न नपाउदै आकाश आफु माथी खसेझै लाग्छ, पत्यार लाग्दैन सपना हो झै लागेर आफुलाइ चिमोट्छु दुख्छ। अनि बिपनामा भएकै प्रमाण जुट्छ। अनि मुटुको बिच भागमै ठुलो फोल्डरमा सेफ गरेर राखेको हाम्रो विस्वास, बाचा, कसम सबैले भरिएको बितेका पल एकै चोटी खुल्छन मस्तिष्क भरी यत्रतत्र छरिन्छन एकै चोटी अन्धाकार छाउछ। अनि सम्झनामा ‘मुना’ ‘मदन’को कथा घुम्छ। ‘रोमियो’ ‘जुलियट’को कथा घुम्छ एकै छिन पछि सत्यलाइ स्वीकार्छु। अनि एउटा हातले उस्को जोडीको फोटो ढाक्छु अर्को हातले “नव दाम्पत्य जिवनको लाखै शुभकामना संसार कै नमुना होस्” लेख्छुर कमेन्ट गर्छु । अनि फेरी सेंटिगमा गएर ‘डिएक्टिभेट’बटन क्लिक गर्छु ।

टुइटर खोल्छु अनि, टुइट पोस्ट गर्छु “नौटंकी पनि एउटा कला रहेछ।”

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.