~कलाधर काफ्ले~
हिउँदभरि, जब बागमती
दर्ुगन्धित लेदोमा परिणत हुँदै
फोहोरैफोहोरको डङ्गुरभित्र रुमलिँदै
घिस्रिरहेकी हुन्छिन् ।
बागमती बचाउ अभियानका
मै हुँ भन्ने नाइकेहरू
बर्खाका च्याउभै Fm उम्रेका र
दर्जनौँ सङ्घसंस्थाहरू
बागमती सभ्यताका हिमायतीहरू
सिङ्गो नेपाल सरकार अनि
लाखौँलाख काठमाडौँलीहरू
कुम्भकर्ण्र् Fm
मस्त न्रि्रामा घुरिरहेका देखिन्छन् ।
जब बर्खायाम सुरु हुन्छ
बागमती सफाइको कागजी अभियान चल्न थाल्छ
छातीमा नाङ्लाजत्रा बिल्लाहरू टाँसेर
सयौँजोर परेवा उडाउँदै
ठूलै हर्षोल्लासका साथ
सफाइ अभियानको शुभारम्भ गरिन्छ ।
लामालामा भाषणमा
रेडियो र टेलिभिजनमा
सयौँसयौँ छापामा
सप्ताहव्यापी महायज्ञमा
धार्मिक प्रवचनमा
शब्दैशब्दका जालभित्र
बडो धुमधामका साथ
बागमतीको सफाइ पूरा हुन्छ ।
बर्खायाममा
बागमतीमा आउने बाढीले
जब हिलो बगाउन थाल्दछ
फोहोरका डङ्गुर बर्ढार्न सुरु गर्छ
धमिलै पानीको रूपमा भए पनि
बागमती बग्न थालेपछि
तँछाडमछाड गर्दै
यश बटुल्ने नाइकेहरूको चिच्याहट सुनिने गर्छ ।
त्यसपछि त के चाहियो –
अबिर र मालाहरू
दोसल्ला र चौसल्लाहरू
प्रशंसै प्रशंसाका पोका बोकेर
अभिनन्दन र सम्मानपत्रहरू
ओइरिन थाल्दछन् ।
कठै ! ती बागमती भने
वर्षौँवर्षेखि
हिउँदमा लेदो र
वषर्ादमा धमिलो पानी बनेर
बग्नुपर्ने नियति भोग्दै छिन्
बागमतीको दर्ुगन्ध बेचेर
सम्पत्ति कुम्ल्याउनेहरूको नाटक
हेरिरहेकी छिन्
बागमती ! बिचरी बागमती !!
बानेश्वर, काठमाडौं
(स्रोत घटना र विचार राष्टि्य साप्हिकको इन्द्रेणी)