बाल कविता : मधेश मेरो जान हो ।

~ज्ञानेन्द्र कुमार यादव~gyanendra-kumar-yadav

मधेश मेरो जान हो, मधेश मेरो आन हो ।
मधेशको माग लिएर आउछु,यहि मेरो शान होे –२

मधेशमा पहिला थियो धेरै राम्रो व्यवहार
अहिले मधेश भएको छ, धेरै बेकार –२

मधेशमा चलिरहेको छ चार पाँच महिनाबाट बन्दी ।
मधेशीले तस्करी गरेर, गरिरहेछ धेरै गल्ती –२

नगरौ मधेशमा तस्करीको काम ।
मधेशीले पहाडीलाई सास फेर्न गाह्रो गरिदिन्छ, तब लिन्छ मधेशीको नाम –२

कयौ बिर शहि भयो मधेशको नाममा ।
यनिीहरुको छुटेको काम पूरा गरौ, यहि हो हाम्रो अधिकारमा–२

सरकारले मन बनाई राखेको छ आफ्नो बात गराई,
म्धेशको माग देऊ, यसैमा छ केपि ओलीको भलाई–२

प्रहरीले गोली हानिरहेछ लिएर आतंकवादीको भेस,
तै पनि हामीहरु गर्दै रहन्छौ, जय मधेश जय मधेश–२

नाम ः ज्ञानेन्द्र कुमार यादव
कक्षा ः सात
बुवाको नाम ः श्रीराम किशुन यादव
गा.वि.स. ः सिंगारवन–१, धर्मपुर
स्कूल ः श्री जुद्ध उ.मा.वि. गौर, रौतहट

(स्रोत : राजदेवी दैनिक, गौर, रौतहट)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.