गजल : तिमी कस्ता नेता ?

~राधा भट्टराई~Radha Bhattarai

भोट माग्दा खाको कसम भुल्ने तिमी कस्ता नेता ?
लाज पचाई कुर्सी माथि झुल्ने तिमी कस्ता नेता ?

शब्दका ती ब्यञ्जनले मख्ख पा-यौ जनतालाई !
विश्वासमा पर्दा झारी डुल्ने तिमी कस्ता नेता ?

चिल्ला भयौ नेता तिमी सोमरसले तिर्खा मेट्यौ !
सोमरसको नशाभित्रै धुल्ने तिमी कस्ता नेता ?

जुनै वादी आए पनि गरिबको चुलो चिसै !
आफ्नो मात्र नौलो ढोका खुल्ने तिमी कस्ता नेता ?

ऋण माथि ऋण थप्यौ देशवासी भोकै नांगै !
पराईको आँगनमा फूल्ने तिमी कस्ता नेता ?

(स्रोत : सत्यतथ्य मासिकको वर्ष २, अंक ४ जनवरी २०१४)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.