कविता : अनन्तः यात्रा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अनन्तः यात्रामा विश्रामको संकेतले
अनायाश यात्रीको मस्तिष्कमा
करेण्टको झट्का लागिरहेछ
यात्रामा पुर्णविराम लगाउने पात्रहरुले
देश तरङ्गित भै रहेछ
यात्रामा पुर्णविराम त हिजै लाग्नु पर्ने
किनकि अक्षम्यताको दोपले
सजाईएका पात्रहरुलाई
सञ्जीवनी पिलाउनेहरुले
अनायाश विऊताईदिए ,गंगाजलले नुहाईदिए दिए
लोकतन्त्रको आवरणले सजाई दिए
कठै ति शहादत प्राप्त गर्नेहरु
कहि कतैबाट यि दृश्यहरु हेरीरहेका छौ ?
किनकि मुक्तिका लागि संघर्षमा होमीएकाहरु
आज सत्तारुपि दलदलमा फसिरहेका छन्
अनि हिजोका कर्तुतका पात्रहरुलाई
गंगाजलको अभिषेकले चोख्याऊदै
परिवर्तनको उपहास गरिरहेछन्
सायद सिक्दै होलान् परिवर्तनका संवाहकहरु
नरम निरङ्कुशताका पाठहरु
पढ्ने र पढाउने, गुरु चेलामा तादाम्यता नमील्दा
दुध फाटे झैं मन फाटे छ
झोल छोेक्रा भै सतहमा बगिरहेछ
कसैलाई अमिलो लागेकोछ फाटेको दुध
कसैले पनिर बनाउदैछन् त्यसलाई
ताई तताउदैछन् फ्राई गर्नलाई
लोड सेडिङ्ले आक्रान्त देशमा
ताई तताउने ईन्धन झिमेकीले नदिए
ताई तात्ने छैन पनिर फ्राई हुने छैन
दशैं सिद्धिए संगै तिहारले धपक्कै ढाक्न लागेकोछ
चटारो तिहारको ,चटारो ताई तताउनेहरुको
रमाईलो छ वजारमा
तिहारको झिलीमीलीमा
देशमा अर्काे झिलिमीली देखा परेकोछ
हिजो गिंठाले कोक्याऊछ
गिठालाई आहार नवनाऊ भन्दा
गिंठाको स्वाद भन्दा, सुझाव टर्राे मान्नेहरु
आज त्यहि गिंठा घाटीमा अड्कीरहेछ
देशमा यस्तो झिलिमिलि भै रहँदा
देशवाशी रमिते हुन पनि भ्याएका छैनन्
किनकि हिजो उनिहरुले
कोक्याउने गिठा खाने रहर गरेनन्
ओकल्ने सकश पनी छैन उनिहरुलाई
ताई तातेकै छैन
ताई तताउनेहरुका हात
बिड समाउन पनि काँप्ने छन्
निरन्तर बहावका नदीहरु पराइलाई सुम्पेर
साउनको भेलमा रमाउने न हो
अग्रभागमा स्थान जमाउन सफल मिडियाहरुमा
घाटी कोक्याऊदा नकोक्याऊदा र ओकल्न खोज्दा पनि
साहशी कि दुश्शाहशी पदयात्री
प्रमाण मै त हो अनन्त यात्रा यात्रीको
केवल शब्दमा अन्तर
जसले जुन कलेवरमा सजाए पनि
खहरेको भेल न हो
वर्षा ऋतुको समाप्ति संगै
छिमेकीको रित्तो सिलिण्डर र न्यानो आह्लादमा मोहित हुने छन् भान्सेहरु
ताई तात्ने छैन पनिर फ्राई हुने छैन
अनन्त यात्रामा यात्री , निस्कने छन्
तिहार पछि छठको झिलिमिलीमा रमाउने छन्
ताई तताउनेहरुलाई थाहा छ ?
चिसो चुलोमा पनिर फ्राई हुने छैन
नयाँ कलेवरमा खादा र पुष्प गुच्छा सहित
शुभ्र शान्त स्निग्ध यात्रा हुने छ यात्रीको
शुभ यात्राको कामना गर्ने छन् पचासौं दर्जनले ।
पुनः प्रारब्भ अनन्तः यात्रा यात्रीको ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.