गजल : मेचीकाली तर्न दिनु हुन्न

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

त्यो बैरीलाई मेचीकाली तर्न दिनु हुन्न
हाम्रो माटो पराइ देशमा पर्न दिनु हुन्न
.
कालापानी हाम्रो मुटु सुस्ता खेल्ने आगन
झनै प्यारो टनकपुर हर्न दिनु हुन्न
.
ती पुर्खाले कोरेका हुन् रगतले सिमा
दशगजा जंगे पिलर सर्न दिनु हुन्न
.
यहिँ जन्मे गौतम बुद्ध ती शान्तिका दुत
होइन भन्ने फगत प्रचार गर्न दिनु हुन्न
.
उठौ जागौं देशका खातिर ‘राष्ट्रप्रेमी’ हरु
हामी भित्र राष्ट्रियता मर्न दिनु हुन्न ।

मधुमल्ला – ४, मोरङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.