खुकुरी भै रेट्दा तिम्ले अचानो झै बाँच्न जाने !
कति शक्ति रै’छ म मा आफै मैले जाँच्न जाने !
फूल टिप्ने चाह गर्दा काँडै काँडा बिजे पछि
कोमल यी हात ले नै काँडाहरु भाँच्न जाने !
अर्थ छैन जस्तो लाग्थ्यो तिमीविना मेरो कुनै
छोडी दियौ सम्हालिदै एक्लै आज नाँच्न जाने !
पिडा नाश्ने हजारौ ती उपायको खोजी गर्दै
आँशु सारा रित्त्याएर रम्दै फेरि हाँस्न जाने !
छुट्दा साथ दोबाटोमा रोकिंदैन यात्रा भन्दै
आशावादी बनि मैले नयाँ नाता गाँस्न जाने !
कुश्मा , पर्वत
हाल इजरयल