~गोविन्ददेव आचार्य~
छन्द : इन्द्रवज्रा
प्यारी म मीठो दर दिन्छु आऊ
त्यो जिन्दगीको भर दिन्छु आऊ ।।
आफ्नै धराका अनमोल मोती
कोदो, मकै, फापर दिन्छु आऊ ।।
शृङ्गार भर्दै बन पार्वती झैँ
यो ज्यानको शङ्कर दिन्छु आऊ ।।
प्रेमार्चनाले मन खोज मेरो
सौहागको अत्तर दिन्छु आऊ ।।
तारा बनी चम्क तिमी निशामा
अर्को नयाँ अम्बर दिन्छु आऊ ।।
माटो समाती गर राष्ट्र सेवा
उत्साह वा जाँगर दिन्छु आऊ ।।
आराधनाले जप मन्त्र चोखो
“गोविन्द” भेट्ने घर दिन्छु आऊ ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)