~ओम क्षितिज~
बाबा …….१११
मध्य–रातमा जव
छोरीले बाबा…१ भन्दै चिच्याउँछिन्
म, हत्तपत्त अत्तालिंदै उठ्छु
छोरी …………………१
छोरी निन्द्रामै हुन्छिन्
पसीनाले निथ्रुक्क भिजेकी छोरी
निन्द्रामै बर्बराएकी थिइन् …..
हो..। अचेल छोरीलाई सञ्चो छैन
दिनभर टोलाईरहन्छिन्,
रातीमा र्बबराइरहन्छिन्
न, पढाइमा ध्यान दिन्छिन्
न राम्रो संग खाना खान्छिन,
खै…१ के सोँच्छिन्, के सोँच्छिन् १
पैले जस्ती हँशिली छैनिन् छोरी
म हिजो र अस्ती दिनभर
अस्पताल चाहारीरहें
डाक्टरकहाँ धाईरहें
सवै रिपोर्ट ‘नर्मल’ छ रे..
तैपनि छोरी बिरामी छिन्….
डाक्टरले औषधी थमाईरहन्छन्
कोठाभरी औषधी थुप्रिएर
मेरो कोठा,
अस्पतालको ठूलै
डिस्पेन्सरी जस्तै भएको छ,
तर… बिडम्बना…..
छोरी अझै विरामी छिन् ।
एक्काइसौं सताब्दीमा पनि
छोरी को निम्ती अन्धविश्वाँस स्वीकारें
धामी झाँक्री र झारफूके लाई गुहारे
मन्दीर गएँ, भाकल गरेँ, फूलचढाएँ
अहँ छोरी सञ्चो भईनन्
खाना खाँदा बाबा चाहिन्थ्यो उन्लाई
घुम्न जाँदा बाबा चाहिन्थ्यो उन्लाई
स्कूल पनि बाबाले नै पु¥याउनु पथ्र्यो
छिमेकी संग भन्थिन् रे..
मेरो मम्मी भन्दा त बाबा नै जाती
तर आज उनी
म संग नै डराएजस्तो गर्छिन ।
आज……
आज , अचानक…..
छोरी मेरो छेउ आईन्
रुँदै भयभित हुँदै भन्न थालिन….
बाबा…..१
बाबा, म बोर्डिङ्ग स्कूल जान्न
बाबा मलाई राम्रो नाना चाहिंदैन
बाबा म हजुरलाई कहिल्यै सताउँदिन
बाबा म हजुरलाई कहिल्यै दुःख दिन्न
बाबा….
बाबा….मलाई खोलामा लगेर नफ्याँक्नु है…
म…म…उल्टै भयभित भएँ
थरथर काँप्न थालें, लल्याक–लुलुक भएँ
जीउ चिसो भएर आयो
आखा रसाएर आयो
छोरीलाई छातीमा टाँसेर
बेस्सरी रुन थाले
अहँ अझै आँसु थामिएको छैन……