कविता : शुभकामना दशैको !!!

~रामु गैरे~Ramu Gaire

घर फोन गर्या थिए
दशै आयो रे !!!
कमेरोले घर पनि पोते होलान
घरको पर्खालमा मखमली
फुल पनि फुल्न लाग्या होलान
ती पहेलै जमराहरु,परिवारले मेरो बाटो हेर्दै होलान
टिका नथापेको पनि सालौ भईसक्यो
प्यारी श्रीमती अनी छोरा छोरीले मेरो बाटो हेर्दै होलान
निर्दयी भनी नभन्नु मलाई
यस सालको दशै पनि पर्खाइमै बित्ने भयो
यसैलाइ आशिर्बादको रुपमा लिनु

“सदा सर्बदा सुखी रहनु, जिबनको गोरेटोमा
कहिल्यै काँडा नआओस,रहोस् स्वोच्छ भाबना
दिर्घायु हुनु,हरेक कदम,हरेक काम सफल होस
यही छ मेरो बिदेशबाटै यो दशैको शुभकामना”

“आधी बेहरीको तुफान, हुरीको बेग जस्तै गती
बनी हरेक दु:ख, कष्ठहरुको गर्दै जानु सामना
म साथमा हुँ या न हुँ, रहुँ या नरहुँ
यही छ मेरो यो बिजय दशैको शुभकामना”

“सगरमाथाले जस्तै उच्च शिर उठाइ
आत्मविश्वाशका साथ रहोस् अटुट भावना
रहोस् सधैं हरेक परीवारमा मेलमिलाप
यो आउँदै गरेको बिजया दशैको शुभकामना”

अर्घाखाँची चिउरामाटी हाल : दुबइ

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.