~अनुभव मञ्जरी~
दोबाटोमा छुटिँदा तिमीलाई रोक्न सकिनँ
मूल बाटोमा सँगै हुँदा तिम्रो बातै सुनिनँ
मनको यो ढोका भोटे ताल्चाले बन्द थियो
खोल्ने चाबी नचिनेरै अलमल्लमा थियो
गल्ती मेरो आफ्नै रहेछ, अब पछुतो लाग्दैछ
एकलयात्रीको जीवनमा निराश झन् बढदैछ
कुन मोडमा पुगेर गति चाल्दैछौ तिमी
सुस्तरी रोकिँदै पर्ख, आउँदैछु म पनि
दोबाटोमा छुटिँदा तिमीलाई रोक्न सकिनँ
मूल बाटोमा सँगै हुँदा तिम्रो बातै सुनिनँ
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )