~दयामोहन आचार्य~
तिमीसित घरजम हुन्न, अब पोइला जान्छु भन्छे
गहना गुरिया पोको पन्तो, सबै उतै लान्छु भन्छे
नमूना नै परी मोरी, सुखै दिए जस्तो लाग्छ
जति गर्दा पनि तर, उतै मिठो खान्छु भन्छे
तेता पनि बिग्र्यो भने, कता लाग्छेस् भन्दाखेरी
लाज्पचेकी परी मोरी, फेरी अर्को छान्छु भन्छे
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )