~एन.के.’अबिवाहित’~
समय गतिशिल छ । समयले कसैलाई पर्खदैन जतिसुकै धनि भएपनि वा गरिब भएपनि अनि जतिसुकै पढेलेखेको भएपनि आखिर सबैले यो संसार एकदिन अवश्य छोडेर माटोमा बिलिन हुनुपर्ने प्रकृतिको नियम छ । जसलाई कसैले पनि तोड्नु र मृत्युबाट उम्केर भाग्न सक्दैनन्,सबैको खोजी हुने भनेको नै चित्रामाथि राखेर वा जमिनमुनि नगाड्नु जेल सम्म मात्र हो ।
निजगढ नगरपालिका जिरोमा बस्ने जंगेको आफ्नै घर संसार छ, उसलाई जतिखेर नि घर देखि अलिपर रहेको भट्टिमा भेटिन्छ । पान, गुट्खा, खैनी, सुर्ति, चुरोट भनेसी मरिहत्य गर्छ ।
सुकुम्बासी जीवन जिउदै बसेको छ । वास्तवमा ऊ एक धनि परिवारको मान्छे थियो । उसको नराम्रो साथी संगतमा परेर जुवा तास खेलेर धन सम्पति बेचेर सिध्यायो र अहिले सुकुम्बासी भएको छ । स्वास्नी छोराको बिजोग अवस्था छ । त्यस्तैमा एकदिन उसको छोरालाई पैसा दिदै भन्छ–ए गुइठे जात एक बट्टा सुर्य चुरोट किनेर ले त भन्दै दुई सय रुपैया दिन्छ ।
गुइठे छोराः–बाबा मलाई १० रुपैँया दिनुन कापी किन्नु छ ।
जंगेः–हैन कति किन्नु हो कापी पनि अस्ति भर्खर दुई महिना अगाडी किन्देको १० रुप्पेको कापी कति चाडै सिध्याइस ह ? आ छैन पैसा सैसा कापी किन्न तलाई कापी दिने १० रुप्पेले त एक गिलास रक्सी आउछ ।तलाई कापी किन्देर के गर्नु लेखेर सिध्याउछस् बेकारमा खर्चमात्र हुन्छ । बरु तेरी आमालाई भन जा पैसो छ भने बाउलाई दिनु रे भनेर मागेर ले भरे राती भट्टिमा रमाइलो गर्नुपत्यो ।
गुइठेः– आमासग पैसा छैन ।
जंगेः–त्यो सग पैसा नभए माइत गए भइगोनी अर्को ल्याएर भित्राउछु । अनि चाल पाउछे त्यसले दाइजो नि ल्याइन् । ले पैसां । भन्दै छोराको हातबाट आफुले दिएको पैसा २०० खोस्छ ।
जंगेको बुढी घर बाहिर निस्कन्छे अनि दुई बुढाबुढीको झगडा पर्छ । जंगेले उठेर बुढीको कपालको समाएर घुमाउछ र हिर्काउन थाल्छ । सब गाउले जम्मा भएर हेर्नेको ताती लाग्छ । जंगेका बुढी डाको छोडेर रुन्छिन बिचरी ! जंगे कराउदै भट्टितिर फरार हुन्छ । भट्टिमा पुगेर जाड रक्सी खाएर मातिए पछि भट्टिवालीको हात बिस्तारै समाउछ, अनि आफु तर्फ तान्छ । भट्टिवाली डराउछे, जंगले आफ्नो मुख भट्टिवालाको कान छेउ लान्छ अनि भट्टिवाली झन तर्सिन्छे त्यतिकैमा जंगेले बिस्तारै कानमा भन्छः–ए भट्टिवाली मसग बिहे गर्छेस तलाई म रानी बनाएर पाल्छु ।
भट्टिवाली जंगेलाई धकेल्छे र भन्छे ः–पाल्यो रानी बनाएर घरको बुढीलाई त पाल्न सकेको छैन् ।
जंगेः–त्यस्ता ठन्टीलाई कस्ले पाल्छ,जाड रक्सी बनाउन पनि जान्दिन् । घरबाट दाईजो नि ल्याइन् ।
भट्टिवाली ः–ल्याएको दाईजोको सामान सबै बेचेर रक्सी पिएर सक्यो अनि कहा के गरोस त बिचरीले ?
जंगेः–हैट ! बिचरी पो भन्छे हो ! यो भट्टिवालीले पनि अब भएन घर जान्छु भनेर उठेर लखरिदै जान्छ, घरतिर घरमा पुगेर ढोकामा ढक ढकाउछ । घरभित्र बाट बिख्रे निस्किन्छ । अनि भन्छ किन बोलाएको जंगे के भयो ?
जंगेः– रिसले चुर मुरिदै भन्छ ः– त मेरो घरमा किन ? मेरो बुढीसँग पल्केको रहेछ र पो झगडा गर्दिरछे जहिले नि म सँग बिख्रे के भन्छ यो म तेरो घरमा रे म त मेरो आफ्नै घरमा छु त बरु तँ पो मेरो घरमा आकोछस् ।
जंगेः– अझ भुकाउन खोज्छस् । त्यसो भए मलाई तेरो बुढी देखा त भित्र खै हेरम अनि थाहा हुन्छ भन्दै भित्र जान्छ र हेर्छ बिख्रेको बुढी देखेर छक्क पर्छ । अनि फर्किएर हल्लिदै बाटोमा निस्किेर जान्छ अनि फक्रिएर घरतिर लाग्छ । घरमा पुगेर कराउँछ फेरी घरबाट बिख्रे निस्किन्छ । जंगेले अरे यार तँ मेरो घरमा किन आको भनेर कराउँछ ।
बिख्रेले ः– कहाँ पुगेर मेरो घरमा फर्किस त ? पागल रातभरी दुःख दिने भइस्, आज पनि हैन ?
जंगे ः– अब दिन्न भनेर जान्छ र बाटोमा लड्छ अनि भन्छ –हैन बिख्रेले धकेल्दै छ कि क्या हो मलाई लडाएर भागेछ । बाटोमा रातभरि सुत्छ अनि बिहान घरमा जान्छ । घरमा जंगेको बुढीले कराउँछे भन्छे के खान आएको यतिखेर ?
जंगे ः– बिहानको खाजा खानु परेन सधै जाड रक्सी खाएर मात्र हुन्छ,भनि ठान्छेस् कि क्या हो ? जंगे एकदिन अचानक बिरामी पर्छ र हस्पिटल जान्छ ।
डाक्टर ः तपाईलाई टिवि भएको छ, आत्तिनु पर्दैन औषधि खाएसी हराउँछ ।
जंगे ः हँ टिवि भएको छ रे, कुन टिवि डाक्टरसा’ब ? रंङगीन कि सादा खालको घरमा छोरोले टिवि हेर्न साह्ै रहर गथ्यो मेरो आफ्नो शरिरमा उत्पादन भएछ !
डाक्टर ः अनि तपाईलाई चिनि रोग पनि लागेको छ । यो भनेको तपाईको शरिर चिनिको मात्रा बढी उत्पादन हुनु हो ।
जंगे ः ओ हो साक्टरसा’ब यो झन खुसीको कुरा भयो । घरमा बुढीले चिया खान चिनि लगेको बेला माध चिया दिन्थी अब त उत्पादन भाको चिनि बोरामा पाकेट बनाएर बेच्छु । अनि पैसा कमाउँछु ।
डाक्टर ः धत ! रोग हो यो बेच्न र खाने चिज हैन् अनि चुरोट, सुर्ती जस्ता पदार्थ र मदिरा जन्य पदार्थ नखानु यस्तो बेलामा मुख बार्नु पर्छ ।
जंगे ः के गरि बार्ने डाक्टर’साब ?
डाक्टर ः खान छाड्ने भनेको हो ।
जंगे ः ए अब खान छाडेसी त मरिन्छ जस्तो छ ।
डाक्टर औषधि दिएसी घरतिर जान्छ । बिचरी जंगेकी बुढी झुम्रो कपडा लगाएर बसेकी छे, साथमा छोरो भोकले रुँदै थियो ।
जंगे ः के रुन्छस् गुईठे अब टिवि हेरमलाई ।
छोरो ः कहाँ छ ?
जंगे ः मेरो ज्यानमा उत्पादन भएको छ रे डाक्टरसा’बले भनेको, अब ऐन्टिना किनेर घरमाथि राख्नुपर्छ ।
छारो रमाउँदै घर जान्छ । रमाउँदै गाँउ तिर सुनाउँछ । जंगेकी बुढीको छेउमा गएर भन्छ–भात पाकेन ? म हिँडे चामल लिन त्यसो भए । जंगेको बुढी जंगेतिर हेर्छिन् । जंगे मनमनै विचार गर्छ, ओहो म संग त पैसा नि छैन् । अनि उ बिर्खेको घरमा गएर बिर्खेसंग सल्लाह लिन्छ । बिर्खेले घरमा चामल पठाईदिन्छ । जंगे बिर्खेको सगत गर्न तयार हुन्छ र विर्खेसंगै काम गर्न जान्छ । उ आजकाल निकै सुध्रिएको छ । अनि भट्टिको बाटो हिड्न छाडेको पनि धेरै भईसक्यो । अनि उसले घर परिवारमा खुसीयाली छाएको छ । जंगेको छोरो पढ्न जान्छ भने उसकी बुढी घरमा रहेको काम गर्छिन र एउटा लैनो भैसी किनेर जंगेले गोठमा बाँधेको छ ।
बिख्रेले जे ग¥यो उहि काम गर्न अग्रसर हुन्छ । त्यस्तैमा एक दिन भट्टिवाली आएर जंगेलाई कराउँछे पैसा नतिरेको कारण तब जंगेले पैसा दिदै भन्छ–अब तिम्रो रक्सी तिमि खाऊ, अब देखि मेरो घरमा आएर यसरी नकराउ ।
भट्टिवाली ः बुढो फुर्ती लगाउने भएछ अस्तिसम्म रक्सीमा पौडी खेल्न खोज्नेले कहाँ कसले के ग¥यो को नि खुब जान्ने पल्टिन्छ । कुनै दिन त मेरो भट्टिमा आउलास त्यतिखेर थाहाँ पाउँछस्, तँ लाई म के गर्छु ।
जंगे ः जे गर्छेस गर तर हेर मलाई मेरो घरको बुढी र छोरा प्यारो छन् । जंगे उठेर कमतिर जान बिर्खेको घरतिर जान्छ ।
(स्रोत : निजगढ समाचार)