~देवान किराती~
भोक लागि रहेछ
र लागिरहन्छ–
सत्य- मूर्दा नभइन्जेल ।
आगो वालिरहेछु
र बुद्ध जपिरहेछु ।
बुद्ध एउटा परेवा भन्दा
रत्ती फरक छैन
जो– म भोकमा घाँटी निमोठ्छु
मानूँ –वुद्ध !
वलीरहेको आगोमा
खुट्टा, पखेटा र टाउको
कलेजो , मुटु र सिङ्घै देह
झर्झरी पकाउँछु– झिरमा उनेर
मानू की– वुद्धको ।
पाकेको सेकुवा
तोङ्वा संग तनतनी……
आहाऽऽऽऽ क्या मज्जा ।
भोक मर्छ– शान्त हुन्छु
सत्य –मूर्दा हुइन ।
आगो वालीरहन्छु
र वुद्ध जपिरहन्छु
फेरी अर्को भोक नलागे सम्म ।