~धर्म सन्देश~
आपत् बिपत् आउछ जान्छ,न्आत्तिनु कहिल्यै!
सुख भन्ने क्षणिक हुन्छ,नमात्तिनु कहिल्यै!
उत्ताउलो त हुन्छन् सबै,बैंश छछल्किदा
यस्तो बैंश सबको आउछ,नपात्तिनु कहिल्यै!
कहिले काहि गल्ति हुन्छ,मस्तिस्कमा बादल् लाग्दा
सानो तिनो गल्ति भेट्दा,नतात्तिनु कहिल्यै!
बोक्रे हासो देखाएर,मन मुटु चोर्छन् यहाँ
अन्जानलाई बिस्वास् गरी,नघातिनु कहिल्यै!