गजल : रंग घोलि दिन्छन् उनी

~करूण थापा~Karun Thapa

जिन्दगीमा थरिथरि रंग घोलि दिन्छन् उनी ।
एउटा ढोका बन्द गरे अर्को खोली दिन्छन् उनी ।

अमूल्य छ जिन्दगी यो त्यसै खेर फाल्नु हुन्न
हजार जुनीपछि मात्र यस्तो चोली दिन्छन् उनी ।

उसकै लीला मान्नुपर्छ बोल्नेहरु पीठो बेच्छन्
जसको कोही पनि छैन उसलाई बोलिदिन्छन् उनी ।

मरेपछि जे त होला किन चिन्ता गर्नु धेरै
मर्दाखेरि चिता अनि बोक्न डोली दिन्छन् उनी ।

राम्रो काम गरे मिल्छ फल पनि मीठो मीठो
आज फल नदिए नि पक्कै भोलि दिन्छन् उनी ।

जाँगर हुने मान्छेलाई सुख पनि दिने गर्छन्
अल्छी जति सबैलाई माग्न झोली दिन्छन् उनी ।

Jan 9, 2011
काठमाडौं

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.