~गोपाल योन्जन~
तिम्रो जस्तो मुटु मेरो पनि
तिम्रो जस्तो माया मेरो पनि
नबोलाउ मलाई निस्ठुरी भनी
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो…
तिमीलाई अंगाली कता कता,
भागी जाने धोको मेरो पनि
तर पाउमा दस्तुरको,
तिम्रो जस्तो कल्ली मेरो पनि
दुइ प्राण एक नभए पनि,
तिमि सितै बाचा मेरो पनि
नबोलाउ मलाई निस्ठुरी भनी,
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो…
देवता त होइन म पनि,
धेरै कमजोरी छ मेरो पनि
पिर बेदना तिम्रो जति,
त्यति नै छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमि पनि,
तिमि जस्तै रोएँ मै पनि
नबोलाउ मलाई निस्ठुरी भनी,
तिम्रो जस्तो बाधा मेरो पनि
तिम्रो जस्तो…
शब्द: गोपाल योन्जन
संगीत: कर्म योन्जन
स्वर: नारायण गोपाल